९ चैत्र २०८२, सोमबार | March 23, 2026

नेपालगन्जका ल्यावहरुले सडकमा फाल्छन् अस्पतालजन्य संक्रमित फोहोर



नेपालगन्ज । नेपालगन्जका कतिपय स्वास्थ्य प्रयोगशालाहरुले अस्पतालजन्य संक्रमित फोहोर सडकमा फाल्ने गरेको फेला परेको छ । प्रयोगशालाहरुले नेपालगन्जको सुर्खेतरोडमा अस्पतालजन्य संक्रमित फोहोर फालिएको भेटिएको हो ।

निर्मूलीकरण गरेर फाल्नु पर्ने फोहोर सडकमा फालिएको भटिएपछि नेपालगन्ज उपमहानगरपालिकाले त्यसविरुद्ध अनुसन्धान सुरु गरेको छ । सुर्खेतरोडको सडकमा फालिएको फोहोरलाई उठाएर उपमहानगरपालिकाले कार्यालयमा ल्याएको छ भने फोहोर फाल्नेको खोजी अभियान थालेको उपमहानगरपालिकाले जनाएको छ । फोहोर कुनै ल्याबको नै भएको ठहर गर्दै सडकमा फोहोर फाल्ने ल्यावको खोजी सुरु गरिएको उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले बताए । उनका अनुसार रगत संकलन गरिएको ट्युबमा विरामीको नाम र उमेर लेखिएको छ । कुनै ट्युब खुल्ला छ भने कुनै बन्द रहेको छ ।

अस्पतालजन्य यस्ता संक्रमित फोहोरलाई उपमहानगरपालिकाको समन्वयमा केही महिनादेखि हिरमिनियामा रहेको ल्याण्डफिल साइटको एकीकृत फोहोर मैला व्यवस्थापन केन्द्रमा निर्मूलीकरण गरेर विसर्जन गर्ने गरिएको छ । अझै केही ल्याब, मेडिकल, अस्पताल उपमहानगरपालिकाको यो अभियानमा नसमेटिएको उपमहानगरको स्वास्थ्य महाशाखाले जनाएको छ ।

ल्याव र अस्पतालहरुको माग अनुसार फोहर उठाउन ट्याक्टर पठाउँदा पठाउँदै पनि सडकमा फोहर फाल्नु गलत भएको स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक बस्नेतले बताए ।

नेपालगन्जमा साना ठूला अस्पताल र क्लिनिकहरु सय बढी रहेका छन् । त्यसमध्येमा ५६ वटाले मात्र उपमहानगरसँग सम्झौता गरेर अस्पतालजन्य फोहोर व्यवस्थित रुपमा विसर्जन गर्दछन् । अहिले नेपालगन्जका अस्पताल तथा क्लिनिकबाट निस्किने तीन क्वीन्टल फोहोर दैनिक ल्याण्डफिल साइटमा विसर्जन भइरहेको बस्नेतले बताए । उनका अनुसार ल्याण्डफिल साइटमा लगिने अस्पतालजन्य फोहोरलाई निर्मूलीकरण गरेर विसर्जन गर्ने गरिन्छ ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  १० : ३५ बजे

रवि लामिछानेको रिट ‘हेर्दाहर्दै’ मा मङ्गलबार सुनुवाइ हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित

इरान र अमेरिकाबीचको वार्ता सकारात्मक : अमेरिकाबाट ५ दिनका लागि आक्रमण स्थगित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्धको आक्रमणलाई ५

सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार

काठमाडौं । सङ्घीय संसद् सिंहदरबारभित्रबाटै सञ्चालन हुने तयारीसँगै नवनिर्वाचित ६

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी