२८ मंसिर २०८२, आइतबार | December 15, 2025

आमनागरिकलाई सूसुचित गर्ने दायित्व सरकारको हो : सञ्चारमन्त्री शर्मा



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारबाट भए गरेका कामको व्यवस्थित ढङ्गले प्रचारप्रसार तथा नागरिकलाई सूसुचित गर्ने दायित्व सरकारको भएको बताएकी छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित संवैधानिक निकाय, सङ्घीय मन्त्रालय तथा केन्द्रीय निकायका प्रवक्ता र सूचना अधिकारीबीचको अन्तरक्रियाको उद्घाट्नमा उनले सूचनाको विषयलाई गम्भीररुपमा लिन, सरकारबाट भएका काम व्यवस्थित ढु्ङ्गले प्रचारप्रसार गर्न तथा नागरिकलाई सुसुचित गर्न सरोकारवाला सबैलाई आग्रह गरिन् ।

मन्त्री शर्माले सरोकारवाला व्यक्ति एक ठाउँमा बसी अन्तरक्रिया गर्ने, सबैमा भएका अनुभव ज्ञान, सीप र क्षमता आदानप्रदान गर्ने तथा सूचनालाई व्यवस्थित गर्ने आशयका साथ गरिएको यो कार्यक्रम जरुरी रहेको उल्लेख गर्दै धन्यवाद दिइन् ।

उनले गणतन्त्र दिवसका अवसरमा पुस्तक प्रकाशन गर्दा मन्त्रालयगत तथ्याङ्क विवरण प्राप्तमा आफूले समस्या भोगेको महसुस गरिन् । “कतिपय अवस्थामा तथ्याङ्कको अभाव हुँदा पनि मूलभूतरुपमा नीतिमा फरक नपर्ने गरी मिलाएर बोल्नुपर्ने हुन्छ”, उनले भनिन्, “सबै मन्त्रालयले गरेको काम एउटा पोर्टल बनाएर एकीकृत गर्न सके त्यो दैनिक रिर्पोटिङमा जान्छ र सबैलाई जानकारी हुन्छ । ” मन्त्री शर्माले यसमा ध्यान दिन सबैलाई आग्रह गरिन् ।

सबै मन्त्रालयले गरेका कामको दैनिक रेकर्ड राख्ने हो भने सूचनाका विवरण खोज्न सहज हुने उनको भनाइ थियो । यसका लागि न्यूनतम खर्चमा एक पोर्र्टल बनाउने काममा मन्त्रालय लागेको समेत उनले बताइन् ।

मन्त्री शर्माले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजना गरिने पत्रकार सम्मेलनमा सम्बन्धित निकायका प्रवक्ता नै उपस्थित भएर सूचना दिन सके पत्रकार सम्मलेन प्रभावकारी हुने बताउँदै नियमित उपस्थितिका लागि आग्रहसमेत गरिन् ।

कार्यक्रममा नेपाल सरकारका मुख्यसचिव डा बैकुण्ठ अर्यालले सरकारले पारदर्शीता र विश्वास कायम गर्नका लागि भए पनि सरकारबाट भएगरेका काम आम नागरिकले थाहा पाउने गरी सूचना दिन हिच्किचाउन नहुनेमा जोड दिए ।

यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार गोविन्द आचार्यले सरकारले गरेका काम सार्वजनिक गर्ने सन्दर्भमा देखिएका समस्या समाधान गर्न अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहिबार  २ : ०१ बजे

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर