२१ चैत्र २०८२, शनिबार | April 4, 2026

शाइन रेसुंगा बैंकले एक हजार बिरुवा रोप्दै



बुटवल । शाइन रेसुंगा डेभलपमेण्ट बैंक लि.ले चालु आर्थिक वर्षमा एक हजार विरुवा रोप्दैछ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पर्यावरण संरक्षणको लागि ‘शाइन ग्रो ग्रिन प्रोजेक्ट २०८०’ देशव्यापी संचालन गरिरहेको छ ।

जस अनुसार यो वर्ष एक हजार बिरुवा रोप्न लागेको हो । गत वर्ष बैंकको १४ औं वार्षिकोत्सव पारेर बैंकले १४ हजार विरुवा रोपेको थियो ।

यो वर्ष बैंक १५ औं वर्षमा यात्रा गरेकाले देशभरका ११ वटा क्लष्टरमार्फत एक हजार विरुवा रोपेर १५ हजार पुर्‍याउने कार्यक्रम तय भएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले जानकारी दिए ।

‘शाइन ग्रो ग्रिन प्रोजेक्ट’ अन्तर्गत शाइन रेसुंगा डेभलपमेण्ट बैंक लि। मिड सेन्ट्रल सब क्लस्टर मंगलापुरले तिलोत्तमाको गौतमबुद्ध मा।बि। केवलानीमा बृक्षारोपण गरेको छ । बैंकले विद्यालय परिसरमा स्वामी, धुपी, गुल्मोहर, अशोका, कल्की प्रजातिका ८० बढी बिरुवाहरु रोपेको कलस्टर हेड विष्णु थापाले जानकारी गराए ।

उक्त कार्यक्रममा विद्यालयका प्राचार्य मृगेन्द्र रिजालले वातावरण संरक्षण निकै ठूलो चुनौति बन्दै गएको परिस्थितिमा शाइन रेसुंगा डेभलपमेण्ट बैंकले बृक्षारोपणलाई निरन्तरता दिएर वातावरण संरक्षणमा महत्वपूर्ण योगदान गरेको भन्दै रोपेको विरुवा संरक्षणमा बैंक र विद्यालयले समेत ध्यान दिनुपर्ने बताए । उनले आगामी दिनमा थप नविनतम कार्यहरु गर्दै जान बैंकलाई सुझाव दिए ।

शाइन रेसुंगा डेभलपमेन्ट बैंक बुटवलमा केन्द्रीय कार्यालय रहेको लुम्बिनी प्रदेशको एक मात्र राष्ट्रिय स्तरको विकास बैंक हो । ५ अर्ब अधिकृत पुंजी र ४ अर्ब २८ करोड चुक्ता पुंजी भएको बैंकका देशभर ८८ वटा शाखा, एउटा एक्सटेन्सन काउन्टर र १६ वटा एटीएम सञ्चालनमा छन् । बैंकले हालै अन्तर्राष्ट्रियस्तरको एशिया इमर्जिङ बैंकिङ अवार्ड र गत वर्ष बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अवार्ड जितेको थियो ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  ४ : ०३ बजे

नयाँ शैक्षिकसत्र वैशाख २ गतेदेखि, पाठ्यपुस्तक विद्यालयमा पु-याइँदै

काठमाडौं । आगामी वैशाख २ गतेदेखि प्रारम्भ हुने नयाँ शैक्षिकसत्रका

कांग्रेसलाई एकढिक्का बनाउन अन्तिमसम्म प्रयास गर्छु : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेसलाई एकढिक्का

युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’

काठमाडौं । पश्चिम एसियाको युद्धका क्रममा संयुक्त अरब इमिरेट्स (युएई)मा

ओखलढुङ्गामा आगलागी, ५७ लाख बढीको क्षति

ओखलढुङ्गा । जिल्लाको सिद्धिचरण नगरपालिका–२, केउरेनीका बुद्धिकुमार आचार्यका दुई वटा

स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेण्टल