१६ पुस २०८२, बुधबार | December 31, 2025

अवैध सुन प्रकरणबारे उच्चस्तरीय छानबिन समिति बनाउन संसद्को ध्यानाकर्षण



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर अवैधरुपमा भित्रिएको ठूलो परिमाणको सुन प्रकरणबारे छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सार्वजनिक लेखासमितिले संसद्को ध्यानाकर्षण गराउने भएको छ ।

लेखा समितिको आजको बैठकले उक्त प्रकरणमा छानबिनका लागि अधिकार सम्पन्न उच्चस्तरीय समिति गठनका लागि संसद्को ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।

“यो विषय संसद्मा चलिरहेकाले समितिले निर्देशन दिन मिल्दैन । तर उच्चस्रतीय समिति बनाएर गम्भीररुपमा छानबिनका लागि संसद्को ध्यानाकर्षण गराउने निर्णय समितिले गरेको छ”, ज्येष्ठ सदस्यका रुपमा समितिको सभापति रहेका अर्जुननरसिंह केसीले आजको बैठकको निर्णय सुनाउँदै भने ।

लेखा समितिको बैठकमा अवैध सुन प्रकरणमा स्वतन्त्र र निष्पक्ष छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठनका लागि सांसदहरुले माग गरेका थिए । त्यस्तै, बैठकले ‘सार्वजनिक लेखा समिति सञ्चालन कार्यविधि, २०८०’ पारित गरेको छ ।

सिँचाइ अभावका कारण अझै पूर्णरुपमा रोपाइँ हुन नसकेका र तराईका जिल्लामा देखिएको खानेपानी अभावबारे सम्बन्धित निकायको ध्यानाकर्षण गराउने निर्णय पनि बैठकले गरेको छ ।

समितिका सदस्यहरुले तराईका जिल्लामा खानेपानीको समस्या रहेको विषय उठाएपछि यो विषयमा सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउने निर्णय समितिले गरेको हो ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  ४ : ४३ बजे

आजको मौसमको : तराईमा हुस्सु, हिमाल-पहाडमा आंशिक बदली

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन

अर्थतन्त्र उकास्न आज सर्वपक्षीय राष्ट्रिय संवाद हुँदै

काठमाडौं । देशको अर्थतन्त्र उकास्ने उद्देश्यले आज यहाँ शान्ति, स्थायित्व

बुटवल सडक खाना महोत्सव-२०८२ सुरु, संस्कृति, स्वाद र पर्यटन प्रवर्द्धनमा जोड

बुटवल । नेपाली मौलिक कला, संस्कृति, स्वाद र पहिचानको प्रवर्द्धन

शितलहरका कारण पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्डमा समस्या

काठमाडौं । शितलहरका कारण निर्माणाधिन नारायणघाट-बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

काठमाडौं । आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस विभिन्न कार्यक्रमको