१८ भदौ २०८३, बिहिबार | September 3, 2026

नेपाली सेनाले २६ विगाहा जग्गामा ५ हजार बढी रुख लगाउँदै



नेपालगन्ज । नेपाली सेनाले बाँकेमा बृहत वृक्षरोपण अभियान थालेको छ । बज्रदल गण, इमामनगर ब्यारेक राँझाले २६ विगाह क्षेत्रफल जग्गामा वृक्षरोपण अभियान शुरु गरेको हो ।

सेनाकै ब्यारेकपछाडीको नेपाली सेनाले भोगाधिकार गरिरहेको २६ विगाह क्षेत्रफलमा वृक्षरोपण शुरु गरिएको बज्रदल गण, इमामनगर ब्यारेक राँझाले जनाएको छ ।

सेनाको बृक्षरोपण अभियानमा पुगेका नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, श्री नम्बर ४ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी प्रकाश थापा, बज्रदल गणका गणपति श्याम आत्रेय पौडेल, बज्रदल गणका गणपति रविन श्रेष्ठलगायतले वृक्षरोपण गरेका थिए ।

गणपति पौडेलका अनुसार बृक्षरोपणमा सितलचिनी, बकाइनो, निम, अमला, अम्बालगायत विरुवा रोपिएको छ । २६ विगाहमा ५ हजार विरुवा रोप्ने तयारी गरिएको पौडेलले बताए । दुई हप्तामा सबै रोपिसक्ने तयारी सहित जनशक्ति परिचालन गरिउको उनले बताए ।

सेनाका अनुसार वृक्षरोपणमा डिभिजन वन कार्यालय, बाँके, नेपालगञ्ज सव डिभिजन वन कार्यालय, राँझा, नेपालगञ्ज फोनिक्स राउण्ड टेबल–३२ ले सहयोग गरेका छन् । वृक्षरोपण कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका प्रवक्ता एवं वडा नं. १ का वडाध्यक्ष प्रमोद रिजाल, वडा नं. २० का कौशल धोवी, राष्ट्रिय अनुसन्धानका एसपी मोहन कुँवर, वन कार्यालय, राउण्ड टेलवका प्रतिनिधि, स्थानीय बासिन्दाको उपस्थिति थियो ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  १२ : ३५ बजे

प्राकृतिक सौन्दर्यले पर्यटक लोभ्याउँदै ‘अरुण डाँडा’

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा अवस्थित अरुण डाँडा (छिन्तालुङ) पछिल्लो

कञ्चनपुरका सात पालिकामा सार्वजनिक बिदा

महेन्द्रनगर । कञ्चनपुरका सात पालिकामा आज सार्वजनिक बिदा दिइएको छ

अवस्था असहज : खाना पकाउने ग्यास वितरणलाई सहज बनाउँदै साल्ट ट्रेडिङ

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले खाना पकाउने ग्यास आपूर्तिलाई

एसीसी प्रिमियर कपमा आज नेपालले मलेसियासँग खेल्दै

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको तेस्रो संस्करणअन्तर्गत नेपालले आज

कांकडभिट्टामा गोप्रो क्यामेरा जडान

झापा । नेपालको पूर्वी नाका कांकडभिट्टामा सशस्त्र प्रहरी बलले ‘गोप्रो