४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

नेपाली सेनाले २६ विगाहा जग्गामा ५ हजार बढी रुख लगाउँदै



नेपालगन्ज । नेपाली सेनाले बाँकेमा बृहत वृक्षरोपण अभियान थालेको छ । बज्रदल गण, इमामनगर ब्यारेक राँझाले २६ विगाह क्षेत्रफल जग्गामा वृक्षरोपण अभियान शुरु गरेको हो ।

सेनाकै ब्यारेकपछाडीको नेपाली सेनाले भोगाधिकार गरिरहेको २६ विगाह क्षेत्रफलमा वृक्षरोपण शुरु गरिएको बज्रदल गण, इमामनगर ब्यारेक राँझाले जनाएको छ ।

सेनाको बृक्षरोपण अभियानमा पुगेका नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, श्री नम्बर ४ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी प्रकाश थापा, बज्रदल गणका गणपति श्याम आत्रेय पौडेल, बज्रदल गणका गणपति रविन श्रेष्ठलगायतले वृक्षरोपण गरेका थिए ।

गणपति पौडेलका अनुसार बृक्षरोपणमा सितलचिनी, बकाइनो, निम, अमला, अम्बालगायत विरुवा रोपिएको छ । २६ विगाहमा ५ हजार विरुवा रोप्ने तयारी गरिएको पौडेलले बताए । दुई हप्तामा सबै रोपिसक्ने तयारी सहित जनशक्ति परिचालन गरिउको उनले बताए ।

सेनाका अनुसार वृक्षरोपणमा डिभिजन वन कार्यालय, बाँके, नेपालगञ्ज सव डिभिजन वन कार्यालय, राँझा, नेपालगञ्ज फोनिक्स राउण्ड टेबल–३२ ले सहयोग गरेका छन् । वृक्षरोपण कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका प्रवक्ता एवं वडा नं. १ का वडाध्यक्ष प्रमोद रिजाल, वडा नं. २० का कौशल धोवी, राष्ट्रिय अनुसन्धानका एसपी मोहन कुँवर, वन कार्यालय, राउण्ड टेलवका प्रतिनिधि, स्थानीय बासिन्दाको उपस्थिति थियो ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  १२ : ३५ बजे

इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई फरार युएईबाट पक्राउ

काठमाडौं ।  ज्यान सम्बन्धी कसूर मुद्दा र विद्युतीय कारोवार कसूर

गर्मी बढेकोबढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि

काठमाडौं । नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर गर्मी बढिरहेको

शुक्लाफाँटामा कृष्णसारको सङ्ख्या वृद्धि

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुरफाँटामा संरक्षित कृष्णसारको सङ्ख्यामा वृद्धि

प्रतिनिधिसभाको बैठक जेठ ६ गते सम्मको लागि स्थगित

काठमाडौं । आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा पटनाको स्कुलमा आगलागी

पटना । बिहारको राजधानी पटनास्थित एक विद्यालय परिसरको ट्याङ्कीभित्र एक