१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

कुमारी सुनौलो लगानी योजनाको भुक्तानी इसेवाबाटै गर्न सकिने



काठमाडौ । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा देखि कुमारी सुनौलो लगानी योजनाको भुक्तानी गर्न सकिने भएको छ ।

यो योजना कुमारी क्यापीटलको म्युचुअल फण्डको वेभसाइटमा इसेवा मार्फत भुक्तानी गर्न सकिने भएको हो । अनलाइन भुक्तानी सम्बन्धी सम्झौता पत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जगदिश खड्का र कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन्।

हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ७५ लाख ग्राहकले सेवा लिइरहेका छन् । यसैभरी देशभर रहेका दुईलाख भन्दा बढि एजेन्ट ९इसेवा जोन तथा पोइन्ट० मार्फत अप्रत्यक्ष रुपमा डेढ करोड भन्दा बढि जनसंख्याले सेवा लिइरहेका छन् ।

इसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका करिब २५ सय वटा मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ८ : ५४ बजे

प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष श्रेष्ठले गरे मध्यरातमै पदभार ग्रहण

काठमाडौं । प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष आदर्श श्रेष्ठले बुधबार

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

पाल्हीनन्दन । यहाँको महेशपुर भन्सार कार्यालयले छ महिनासम्म लक्ष्यअनुसार राजस्व

कांग्रेसको १५ औँ महाविधेशनको कार्यतालिका सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको

वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात

सुनसरीका किसानलाई चैते धान रोपाइँ गर्न भ्याइनभ्याइ

सुनसरी । सुनसरीका किसान यतिबेला चैते (हिउँदे) धान रोप्न व्यस्त