४ पुस २०८२, शुक्रबार | December 20, 2025

एमालेको अवरोधका कारण राष्ट्रियसभा बैठक स्थगित



काठमाडौं । राष्ट्रियसभाको आजको बैठक स्थगित भएको छ । नेकपा (एमाले)को अवरोधपछि आजको बैठक स्थगित गरिएको हो । राष्ट्रियसभाको अर्को बैठक यही साउन २२ गते सोमबार अपहन्न १ बजेर १ मिनेटमा बस्नेछ ।

आजको बैठक प्रारम्भ हुने वित्तिकै नेकपा (एमाले)का सांसद भैरवसुन्दर श्रेष्ठले सुन तस्करी प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गर्दै विरोध जनाए । “सुन तस्कारी प्रकरणबारेमा सत्यतथ्य छानबिन गरी यर्थाथ बाहिर ल्याउनुपर्छ”, उनले भने, “दोषीलाई छानबिन गरी कानुनी दायरामा नल्याएसम्म संसद् चल्न सक्दैन, सरकारलाई सत्यतथ्य बाहिर ल्याउन आग्रह छ ।” उनले यही साउन ३ गते एक टनभन्दा बढी सुन नेपाल भित्रिएको विषयलाई हलुकारुपमा हेर्न नहुने बताए ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सुन तस्कारका विषयमा संसद्को गम्भीर ध्यानाकर्षण भएको र उक्त विषय छलफल र संवादबाट समाधान गर्न पटक–पटक आग्रह गरे । उनले जनतासमक्ष आफ्ना कुरा राख्नका लागि शून्य समय, विशेष समय भएको र त्यसमार्फत भनाइ राखेर संसद् सञ्चालन हुन दिन आग्रह गरेका थिए । अध्यक्ष तिमिस्लिनाको आग्रहपछि पनि एमालेले अवरोध जारी राखेपछि आजको बैठक स्थगित भएको हो ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहिबार  २ : २७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको