११ पुस २०८२, शुक्रबार | December 27, 2025

गौर नरसंहार पीडितसँग चाँडै औपचारिक वार्ता गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता



काठमाडौं। गौर हत्याकाण्डका पीडित संघर्ष समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पीडितहरुसँग प्रधानमन्त्री दाहालको भेटवार्ता भएको हो ।

उक्त भेटका क्रममा संघर्ष समितिले अमानवीय गौर नरस‌‌हार दोषीहरूलाई कारबाहीको दायरामा ल्याउन माग गरेका थिए । त्यसका साथै उनीहरूले पीडितहरूले दोषीमाथि कारबाहीको माग गर्दै जारी राखेको आन्दोलनका बारेमा पनि जानकारी गराएका छन् ।

पीडित संघर्ष समितिको माग सम्बोधन गर्न आफू तयार रहेको जनाउँदै प्रधानमन्त्री दाहालले संघर्ष समितिसँग वार्ताका लागि छिटै नै गृह सचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने प्रतिबद्दतासमेत जनाएका छन् ।

यसैबीच गौर हत्याकाण्डका पीडितहरूले आज आठौँ दिन पनि धर्ना जारी राखेका छन् । रौतहटको चन्द्रपुरमा पीडित परिवारले सुरु गरेको धर्ना आठौँ दिन पनि जारी राखिएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ३ : ०९ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी । गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

बुटवलको स्कलर्स होम सेकेण्डरी स्कुलको ३४ औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

बुटवल । बुटवलको प्रतिष्ठित शैक्षिक संस्था स्कलर्स होम सेकेण्डरी स्कुलले

राष्ट्रिय हितका विषयमा देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विचारमा फरक भए पनि राष्ट्रिय

लुम्बिनी प्रादेशिक अस्पतालको सामाजिक सेवा इकाई विपन्नको बन्दै सहारा, बढ्दै आकर्षण

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा सञ्चालित ‘सामाजिक सेवा इकाई’ गरिब

रवि-बालेन सहमति आज नहुने, हस्ताक्षर भोलिका लागि सारियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र