२१ माघ २०८२, बुधबार | February 4, 2026

प्रगति र विकासमा साझेदारीका साथ अघि बढ्न नेपाल र पाकिस्तानलाई विज्ञहरुको सुझाव



काठमाडौं । नेपाल र पाकिस्तानबीच सहयोगका विविध आयाम रहेको र दुवै मुलुकले प्रगति र विकासमा साझेदारीका साथ अघि बढ्नुपर्नेमा कूटनीतिक क्षेत्रका जानकारले जोड दिएका छन् ।

नेपाल विश्व सम्बन्ध परिषद्ले आज काठमाडौंमा आयोजना गरेको ‘नेपाल–पाकिस्तान सहयोग र भविष्यका सम्भावना’ विषयक कार्यक्रममा उनीहरूले द्विपक्षीय सहयोगले व्यापार र पर्यटनमा सहयोग, संयुक्त उद्यमका साथै आर्थिक, औद्योगिक, वैज्ञानिक, प्राविधिक र सांस्कृतिक सहयोग जस्ता विभिन्न क्षेत्रलाई समेटेको उल्लेख गरे ।

कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाश्मीले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै द्विपक्षीय उच्चस्तरीय भ्रमणको आदानप्रदान हुँदै आएको उल्लेख गर्दै यस्ता भ्रमणको आदानप्रदानले द्विपक्षीय मित्रता र सहयोगलाई सुदृढ र प्रगाढ बनाउन महत्त्वपूर्ण योगदान दिएको बताए।

नेपाल र पाकिस्तानबीच सन् १९६० मा औपचारिकरूपमा कूटनीतिक सम्बन्ध स्थापित भएको हो ।

दुवै देशले स्वतन्त्रता, सार्वभौमता, र अहस्तक्षेपको सिद्धान्तको आपसी सम्मान गर्दै आएको बताउँदै उनले नेपाल र पाकिस्तानबीच औपचारिक भ्रमणका साथै अन्तर्राष्ट्रिय मञ्चका आवसरमा साइडलाइन बैठ समेत हुँदै आएको स्मरण गरे ।

दुवै देशबीच जनता, सरकार र व्यापारीबीच सहयोगको लामो इतिहास रहेको बताउँदै राजदूत हाश्मीले समान भाषा संस्कृति रहेको दुवै मुलुकले पछिल्लो समय जलवायु परिवर्तनका समान अवसरको समेत सामना गर्नुपरेको धारणा व्यक्त गरे । दुवै विकासोन्मुख देशले समान विकासका चुनौतीको सामान गर्दै आएको बताउँदै उनले प्रगति र विकासमा साझेदारीका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।

परिषद्का अध्यक्ष हेमन्त खरेलले नेपाल र पाकिस्तानले क्षेत्रीय र विश्वव्यापी सरोकारका विषयमा समान दृष्टिकोण राख्दै आएको बताउँदै दुवै देशबीचको सम्बन्ध नेपालको सगरमाथा र पाकिस्तानको माउन्ट के टु जस्तै मैत्रीपूर्ण, विश्वासयोग्य, सौहार्दपूर्ण र बलियो रहेको उल्लेख गरे ।

पाकिस्तानले नेपालको विकास प्रयासमा औद्योगिक परियोजनामा सहयोगका साथै नेपाली विद्यार्थीलाई उच्च अध्ययनका लागि छात्रवृत्ति प्रदान गरी सहयोग गरेकामा उनले प्रशंसा गरे ।

द्विपक्षीय सहयोगको प्रचुर सम्भावना रहेको पर्यटन क्षेत्रमा दुवै देशलाई सुन्दर हिमाल र रमणीयस्थल प्रदान गरेको उल्लेख गर्दै उनले यसलाई देश र जनताको समृद्धिको क्षेत्रमा उपयोग गर्न संयुक्तरूपमा पहल गर्नुपर्नेमा जोड दिए । दुवै देशका राजदूतावासले लगानी, व्यापार र पर्यटनका क्षेत्रमा थप सहयोग प्रवर्द्धन गर्न संयुक्तरूपमा काम गर्नुपर्ने उनको धारणा थियो ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ८ : ५९ बजे

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता

गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’

गुल्मी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जापानको औपचारिक भ्रमण सकेर आज

एमाले उपाध्यक्ष पौडेलद्वारा राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष केसीकी धर्मपत्नीको स्वास्थ्य अवस्थाबारे लिए जानकारी

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय

स्वास्थ्य बिमा कार्यक्रममा देखिएका समस्या समाधानका लागि अर्थमन्त्रालयसँग बजेट माग

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले राष्ट्रिय स्वास्थ्य