६ पुस २०८२, आइतबार | December 21, 2025

चीनको हेबई प्रान्तमा बाढीबाट २९ को मृत्यु, १७ लाख विस्थापित



बेइजिङ । चीनको हेबेई प्रान्तमा बाढीले ठूलो क्षति पु-याएको छ ।

भारी बाढीका कारण हेबेई प्रान्तमा हालसम्म २९ जनाको मृत्यु भएको छ भने १६ जना बेपत्ता भएका छन् ।

चीनको आधिकारिक मुखपत्र ग्लोबल टाइम्सका अनुसार बाढीका कारण हेबेईबाट १७ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

साथै, चीनको हेबेई प्रान्तमा प्राकृतिक प्रकोपका कारण करिब ९५।८११ अर्ब युआनको क्षति भएको अनुमान गरिएको छ । चीनले बाढीको क्षतिपछि पुनर्निर्माण गर्न करिब दुई वर्ष लाग्न सक्छ।

चीनको अर्थ मन्त्रालय र आपतकालीन व्यवस्थापन मन्त्रालयले बाढी पीडितका लागि १ अर्ब ४६ करोड युआन राहत दिने घोषणा गरेको छ । यो रकम बेइजिङ, तियानजिन, हेबेई, जिलिन र हेइलोङजियाङका बाढी प्रभावित जनतालाई वितरण गरिने छ । चीनको केन्द्रीय सरकारले बाढी नियन्त्रण तथा विपद् व्यवस्थापनका लागि कूल ७ अर्ब ७ करोड युआन निकासा गरेको छ ।

 

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  ७ : १९ बजे

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र

जेनजी विद्रोहलाई क्रान्तिमा रूपान्तरण गर्ने जिम्मा रास्वपाकै हो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेनजीबाट

मधेश प्रदेशसभाको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा)

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको