१० चैत्र २०८२, मंगलबार | March 24, 2026

बागलुङ कालिकामा विदेशी पूजा सामाग्री प्रतिबन्ध



बागलुङ । बागलुङ कालिका भगवती मन्दिरमा विदेशमा बनेका पूजा सामाग्रीमाथि प्रतिबन्ध लगाइएको छ । कालिका भगवती मन्दिर व्यवस्थापन समितिले स्वदेशी उत्पादनको प्रयोगलाई बढवा दिन बाह्य मुलुकमा बनेका धुपदीप तथा नैब्यद्यका सामाग्रीहरुले पुजा अर्जना गर्न रोक लागएको हो ।

बाहिरी मुलुकमा बनेका पुजा सामाग्रीहरुले मन्दिर परिसरमा फोहोर पनि बढ्न थालेको र नेपालीहरुलाई स्वदेशी उत्पादनको प्रयोग गर्ने बानी बसाल्नको लागि बाह्य मुलुकमा उत्पादित सिन्के धुप,चुनरी,नरिवल लगाएतका पुजाका सामाग्रीहरु मन्दिरमा प्रयोग गर्न नदिने निर्णय गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए ।

“पुजाका सामाग्रीहरु सिन्के धुप, चुनरी, नरिवल लगाएतका बाह्य मुलुकबाट आयातित हुने वस्तुहरुलाई निषेधीत गर्ने निर्णय गरेका छौँ, उनले भने” स्थानिय स्तरमा उत्पादित वस्तुहरुलाई मात्र मन्दिरमा पुजा अर्चना गर्ने सामाग्रीको रुपमा विक्री वितरण गर्न स्थानीय व्यापारीहरुलाई हामीहरुले अनुरोध गरेका छौँ । उनले स्थानीय नेपाली कागजमा बाटेको धुप प्रयोग गर्न आग्रह गर्दै हाललाई चुनरी र सिन्के धुपको प्रयोगमा रोक लगाइएको जानकारी दिए ।

मन्दिरमा चढाउने फुलपाती, धजा, धुप देखि प्रसाद सम्मका सामाग्रीहरु नेपालमै उत्पादित हुदाँ हुदै पनि भारत लगाएतका देशमा बनेका सामाग्रीहरुको प्रयोग बढ्न थालेपछि समितिले स्थानीय उत्पादनलाई जोड दिन यस्तो निर्णय गरेको जनाएको छ । भारतीय दर्शनार्थीहरुले ल्याउने पूजा सामाग्रीका विषयमा भने ब्यवस्थापन समितिले केही उल्लेख गरेको छैन ।

बागलुङ कालिका भगवतिको दर्शन गर्न नेपाल, भारत तथा अन्य मुलुकमा रहेका हिन्दु धर्मालम्बीहरु बागलुङ पुग्ने गर्छन् । सडकमार्ग हुदैँ प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथको दर्शन गर्न जाने दर्शनार्थीहरु पनि बागलुङ कालिका भगवतिको दर्शन गर्न पुग्ने गर्दछन् ।

बागलुङ कालिका भगवती मन्दिरमा माघ र साउन महिनाबाहेक वर्षभरीनै दर्शनार्थीको चहलपहल हुन्छ । माघ र साउन महिनामा मन्दिरमा बलि नचढ्ने हुनाले यी दुई महिनामा दर्शनार्थीहरुको भीड कम हुने गरेको स्थानीय बताउँछन् । बागलुङ कालिकाप्रति विश्वास राखी विभिन्न मनोकामना लिएर आउने भक्तजनहरुको मनले चिताएको कुरा पुग्छ भन्ने विश्वास रहँदै आएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  १२ : १९ बजे

ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, जवाफको प्रतीक्षामा निगम

काठमाडौं । इरानमाथि अमेरिका र इजरायलले संयुक्त रूपमा हवाई कारबाही

२३ अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । यो साता कारोबारको लगातार तेस्रो दिन नेपाल स्टक

झापामा ‘बर्ड फ्लु’ देखियो, पंक्षीजन्य वस्तु ओसारपसारमा रोक

झापा । झापाका दमक नगरपालिका र झापा गाउँपालिकामा व्यावसायिक रूपमा

यस्तो छ सभापति थापाले प्रस्ताव गरेको १५ औं महाधिवेशनको कार्यतालिका

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा सभापति गगन

आफ्नो देशको आणविक कार्यक्रम अपरिवर्तनीय : किम जोङ उन

सियोल । उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम कुनै हालतमा नछोड्ने