१७ पुस २०८२, बिहिबार | January 1, 2026

सडक भासिँदा पौवादुङवासीको दैनिकी कष्टकर



भोजपुर । वर्षात्का कारण पहिराले सडक भासिँदा तिवारीभञ्याङ-मानेडाँडा-अधेँरीघाट सडक अवरुद्ध बनेको छ । मध्यपहाडी लोकमार्गको भोजपुर-लेगुवा सडकखण्ड अन्तर्गत तिवारीभञ्याङबाट अधेँरीघाट छुट्ने शून्य विन्दुमा सडक भासिएका कारण यातायात सञ्चालनमा समस्या भएको हो ।

मध्यपहाडी लोकमार्गसहित अधेँरीघाटतर्फ छुट्ने स्थानमा करिब दुई सय मिटर सडक भासिएको पौवादुङमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए । प्रवेशद्धारमै सडक भासिँदा गाउँपालिकावासीको दैनिकी कष्टकर बनेको उनको भनाइ छ । पहिराका कारण सडक भासिँदा रु दुई करोड बढीको क्षति भएको उनले जानकारी दिए ।

“सडक भासिँदा यातायात सञ्चालनमा समस्या भएको छ”, उनले भने, “अधेँरीघाट प्रवेश गर्ने मुख्य स्थानमा करिब दुई सय मिटर सडक भासिएको छ । सडक भासिँदा यातयात सञ्चालनमा समस्यासँगै स्थानीयमा जोमिख बढेको अवस्था छ । पहिराले यहाँ रु दुई करोड बढीको क्षति भएको देखिन्छ ।”

सरोकारवाला पक्षको उपस्थितिमा यहाँको स्थलगत अनुगमन गरेर क्षतिको विवरण सम्बन्धित निकाय पठाउने काम गरिएको प्रशासकीय अधिकृत भट्टराईले जानकारी दिए । तिवारीभञ्याङ–मानेडाँडा–अधेँरीघाट सडकमा क्षति भएको विषयमा कार्यकापालिका बैठक बसेर पुनःनिर्माणका लागि संघीय र प्रदेश सरकारसँग बजेट माग गर्ने निर्णय गरिएको पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । गाउँपालिका केन्द्र हुँदै अधेँरीघाट जोड्ने मुख्य सडक अवरोध भएकाले संघीय सरकारको पनि यसमा ध्यान जानुपर्ने अध्यक्ष राईको भनाइ छ ।

“क्षतिका विषयमा संघीय सरकारलाई जानकारी गराएका छौँ”, उनले भने, “यहाँको क्षतिलाई स्थानीय सरकारको बजेटले गर्न सक्ने अवस्था छैन । पहिराका कारण सडक अवरोधले स्थानीयको दैनिकी कष्टकर बन्दै गएको अवस्था छ । यसमा राज्यले ध्यान दिन आवश्यक छ ।”

सडक अवरोध हुँदा पौवादुङमा गाउँपालिकाका छमध्ये पाँच वडामा यातायात सञ्चालनमा समस्या भएको उनको भनाइ छ । सडकका कारण यहाँका वडा नं २ तिवारीभञ्याङ, वडा नं ३ च्याङ्ग्रे, वडा नं ४ बास्तिम, वडा नं ५ सानोदुम्मा र वडा नं ६ ठूलोदुम्माका नागरिक प्रत्यक्ष समस्यामा परेको अध्यक्ष राईले जानकारी दिए ।

“सडक अवरोध हुँदा गाउँपालिकाका अधिकांश क्षेत्रमा यातायात सेवामा समस्या भएको छ”, अध्यक्ष राईले भने, “पहिरो जाने क्रम जारी छ । यसले अझ बढी क्षति गर्ने अवस्था छ । यो सडकका लागि हालसम्म केन्द्र र प्रदेश सरकारबाट पनि कुनै सहयोग आएको अवस्था छैन ।”

सडक भासिएको स्थानको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले स्थलगत अनुगमन गरेका छन । यातायात सञ्चालनमा समस्या रहेकाले भौतिक पूर्वाधार तथा यातयात मन्त्रालयमा सडक चाँडो मर्मत गर्नका लागि जानकारीसमेत गराएका छन ।

सडक भासिएको ठाउँको भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेसहितको टोलीले पनि स्थलगत अनुगमन गरेको छ । उक्त ठाउँमा थप क्षति हुनबाट बचाउनका लागि सडक डिभिजन कार्यालय तुम्लिङटार र पूर्वाधार विकास कार्यालय भोजपुरलाई आवश्यक पहल गर्न पत्राचार गरिएको गाउँपालिकाले जनाएको छ । तिवारीभञ्याङ-मानेडाँडा-अधेँरीबाट पञ्चकन्या कृषि सडकको दूरी करिब ३५ किलोमिटर रहेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ८ : ०४ बजे

कोठामा निस्सासिएर एक जनाको मृत्यु, दुई बेहोस

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ बिरुवाबारीमा कोठामा निस्सासिएर एक जनाको

उत्साहपूर्वक मनाइयो इस्वी सन्को नयाँ वर्ष २०२६ को पहिलो दिन

काठमाडौँ । विश्वभर धुमधामसाथ मनाइने इस्वी संवत् नयाँ वर्ष २०२६

लागुऔषध कारोबारेलाई पक्राउ गर्न नेपालगन्जमा गोली चल्यो

नेपालगन्ज । लागुऔषध नियन्त्रण अभियानका क्रममा बाँके प्रहरीले  गोली प्रहार

मौलिकताका लागि चेतना जगाउँदै मनाइयो राष्ट्रिय पोसाक तथा टोपी दिवस

काठमाडौं । प्रत्येक वर्ष जनवरी १ तारिखका दिन मनाइने राष्ट्रिय

कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा नियमित महाधिवेशन स्थगितको घोषणा, विशेष महाधिवेशन आह्वान

काठमाडौं । कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित