१७ पुस २०८२, बिहिबार | January 2, 2026

पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालन



तनहुँ । पहिरोका कारण अवरुद्ध भएको पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे-६ मौरीबजार खण्ड सञ्चालनमा आएको छ । मौरीबजारस्थित सडकमा माथिबाट खसेको पहिरोका कारण बिहान ७ बजेदेखि सडक दुईतर्फी अवरुद्ध भएकामा पहिरो हटाएर राजमार्ग पुनःसञ्चालन गराइएको हो ।

स्थानीय पालिका, विपद् व्यवस्थापन प्रहरी जनशक्ति र चिनियाँ कम्पनीसँगको समन्वयमा दुई डोजरको सहायताले पहिरो हटाएर राजमार्ग सुचारु गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

केही दिनदेखि परेको अविरल वर्षाका कारण पृथ्वी राजमार्गको तनहुँ खण्डमा पहिरोको जोखिम बढेको छ । राजमार्गअन्तर्गत मुग्लिन पोखरा सडक विस्तार आयोजनाको कामका कारण राजमार्गका विभिन्न ठाउँमा पहिरोको जोखिम बढेको छ । आयोजनाले सडक छेउका भित्ता काट्ने काम गरेकाले वर्षाले पहिरो झर्ने गरेको छ ।

शनिबार र आइतबार तनहुँ खण्डका दुई ठाउँमा पहिरो गएको थियो । शनिबार साँझ आँबुखैरेनी गाउँपालिका-४ ऐना पहरा नजिकै ठूला ढुङ्गा खसी सुक्खा पहिरो जाँदा केही समय राजमार्ग अवरुद्ध भएको थियो । राति नै ढुङ्गा पन्छाएर सडक एकतर्फी सञ्चालन गरिएको थियो भने आइतबार दिउँसोमात्रै राजमार्ग दुईतर्फी भएको थियो ।

आइतबार बन्दीपुर गाउँपालिका-१ बेलभञ्ज्याङमा पहिरो जाँदा अवरुद्ध सडक डेढ घण्टापछि सञ्चालनमा आएको थियो । पहिरो खसेर सडकमै लेदो जमेपछि सडक विभागसँग समन्वय गरी बाटो खुलाइएको थियो ।

वर्षाका कारण पृथ्वी राजमार्गको विभिन्न ठाउँमा पहिरो जान थालेको छ । शुक्रबार मात्रै कन्टारमा सडक भाँसिएर चार घन्टा राजमार्ग अवरुद्ध भएको थियो । त्यसअघि गत मङ्गलबार व्यास नगरपालिका-१२ स्थित देउरालीमा सडक भासिँदा दिनभर यातयात अवरुद्ध भएको थियो ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ९ : २५ बजे

डा भुसालसँग वार्ता गर्न सरकारद्धारा वार्ता टोली गठन

काठमाडौँ । सरकारले अनसनरत डा निकोलस भुसालसँग वार्ता गर्न टोली

बुटवल सडक खाना महोत्सव समापन

बुटवल । अग्रेजी नया वर्षको अवसरमा आयोजना गरिएको बुटवल सडक

कांग्रेसले बोलायो कन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

‘आर्थिक क्रियाकलाप अघिल्लो वर्षकोभन्दा सकारात्मक’

काठमाडौँ । गत आर्थिक वर्षकोभन्दा चालु आव २०८२/८३ मा मुलुकको

कोठामा निस्सासिएर एक जनाको मृत्यु, दुई बेहोस

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ बिरुवाबारीमा कोठामा निस्सासिएर एक जनाको