१२ पुस २०८२, शनिबार | December 27, 2025

धार्मिक पर्यटकीय गन्तव्य भक्तपुरको विकासको आधार : अध्यक्ष ओली



भक्तपुर । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमाझ गौरवपूर्ण पहिचान बनाउन सकेको नेपालको धार्मिक संस्कृति, परम्परा र पहिचानलाई जोगाउन युवा वर्ग लाग्नुपर्ने बताएका छन ।

पत्नी राधिका शाक्यसहित सूर्यविनायक नगरपालिका-८ स्थित प्रसिद्ध डोलेश्वर महादेव मन्दिरको भ्रमण, अवलोकन, पूजा एवं आरती गर्न आएका अध्यक्ष ओलीले धार्मिक पर्यटकीय गन्तव्य भक्तपुरको विकासको आधार भएको उल्लेख गरे ।

“हाम्रो गौरवपूर्ण धर्म, संस्कृति, परम्परा, सम्झिएर विश्वका नागरिक नेपाल घुम्न आउँछन्, पूजा दर्शन गर्न आउँछन्, हामी पनि हाम्रा परम्परागत कार्य गर्छौं, सांस्कृतिक, संस्कार गर्ने कार्यमा सरिक हुन्छौँ,” अध्यक्ष ओलीले भने, “यस्ता धर्म, चाडबाडले हाम्रो देशको महिमा विश्वमा बढाएको छ, धेरै विकसित देशमा यस्ता संस्कृति परम्परा छैनन, सनातन धर्म भन्ने नै छैन, त्यसैले हाम्रो देश अत्यन्तै गौरवपूर्ण छ ।”

यही साउन १ गतेदेखि सुरु भएको यहाँको मेलामा स्वदेश तथा विदेशबाट आउने दर्शनार्थीको उल्लेख्य उपस्थितिले धार्मिक महत्व बढाइरहेको उल्लेख गर्दै उनले मन्दिरको पुनर्निर्माण सुरुदेखि नै आफूले सहयोग गर्दै आएको बताए ।

सो अवसरमा एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेत, केन्द्रीय सदस्य पद्मा अर्र्याल, गायिका एवं पूर्वसांसद कोमल वली, बागमती प्रदेशसभा सदस्य किरण थापा, एमाले जिल्ला अध्यक्ष वचन देउजा, सूर्यविनायक नगरपालिकाका नगर प्रमुख वासुदेव थापा, भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, नगरपालिकाका उपप्रमुख सरिता तिम्सिना भट्टराई, वडा नंं ८ का वडाध्यक्ष पुष्पराज बस्नेत, डोलेश्वर महादेव मन्दिर विकास समितिका अध्यक्ष धर्मराज बस्नेतलगायतले अध्यक्ष ओलीको स्वागत गरेका थिए । उनले डोलेश्वरमा पूजा आरती गरेका थिए ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  २ : ४२ बजे

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा । चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको

स्वामी परमानन्द सरस्वतीको सम्मानमा संस्मरणात्मक हुलाक टिकट प्रकाशन

काठमाडौं । नेपाल सरकारले सनातन वैदिक दर्शन, संस्कृत शिक्षा तथा

रास्वपाको समानुपातिक उम्मेदवार छनोट आजदेखि, ३८० आकांक्षीबीच आन्तरिक मतदान सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक

नागरिक उन्मुक्ति पार्टी पुनः एकीकरण हुँदै, रेशम-रञ्जिता आज एउटै मञ्चमा

काठमाडौं । रेशम चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टी नेपाल

बीपीएलमा सन्दीपको टिम राजशाही वारियर्सको विजयी सुरुवात, सिलेट टाइटन्स आठ विकेटले पराजित

काठमाडौं । बङ्गलादेश प्रिमियर लिग (बीपीएल) २०२४-२५ को उद्घाटन खेलमा