२१ मंसिर २०८२, आइतबार | December 7, 2025

नेपालगन्ज कारागारका कैदीबन्दीहरुका लागि नि-शुल्क आँखा शिविर



नेपालगन्ज । तराई क्षेत्रमा फैलिएको आँखा पाक्ने रोगको असर बाँके कारगारमा रहेका कैदीबन्दीमा देखिएपछि कारागारमा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । फत्तेबाल आँखा अस्पतालको सहयोगमा बाँके जिल्ला अदालत बार एसोसियसन र नेपालगञ्ज उच्च बार एसोशिएशनद्वारा कारगारमा कैदीबन्दीका लागि निःशुल्क आँखा शिविर सञ्चालन गरिएको हो ।

कारगारमा रहेका ३०७ जना कैदीबन्दीको आँखा परीक्षण गरेर निःशुल्क औषधि वितरण गरिएको फत्तेबाल आँखा अस्पतालका कार्यक्रम संयोजक उमर सादिकले बताए । उनले अधिकांश कैदीबन्दीमा आँखा पाक्ने समस्या देखिएको बताए ।

कारगारमा धेरै कैदीबन्दी रहेको र उनिहरुसँगै बस्ने उठ्ने गरेकोले आँखा पाक्ने रोग तीव्र गतिमा फैलिएको उनले बताए ।

जिल्ला अदालत बाँकेका न्यायाधीश धनसिंह महराले थुनुवा, कैदीबन्दीहरुलाई औषधि हस्तान्तरण गरेर आँखा उपचार शिविरको उदघाटन गरेका थिए । सो अवसरमा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले कैदीबन्दीका लागि निःशुल्क उपचार शिविर राखेर सह्रानीय काम गरेको बताए ।

कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी कोचाकोच गरेर राखिएकाले पनि आँखा पाक्ने रोग फैलिएको मानवअधिकारकर्मी इन्सेकका क्षेत्रीय प्रमुख भोला महतले बताए। क्षमताभन्दा बढी कैदीबन्दी राखिएकाले सरुवा रोगको रुपमा रहेको ‘कन्जक्टिभाइटिस एनिडो भाइरस’ फैलिएको उनले बताए ।

यसअघि केही दिन पहिले जिल्ला प्रहरी कार्यालयमा रहेका थुनुवाहरुको पनि निःशुल्क आँखा परीक्षण गरेर औषधि वितरण गरिएको थियो ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ११ : २० बजे

किशोर किशोरी डिजिटल पार्क सञ्चालन गर्दै बागमती प्रदेश स्वास्थ्य मन्त्रालय

भक्तपुर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सुरक्षित व्यवहार

सुनको मूल्य तोलामा दुई लाख ५२ हजार २०० कायम

काठमाडौं । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

गृहजिल्लामा जनार्दन शर्मा विरुद्ध कालोझण्डा प्रदर्शन

काठमाडौं । पूर्वमाओवादी नेता जनार्दन शर्मालाई गृहजिल्ला रुकुम पश्चिममा उनका

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

प्रतिनिधि छनौटमा पाखुरा सुर्किएको भन्दै गोकुल बास्कोटा भन्छन् – ‘घातक संस्कार हुर्कन दिन हुँदैन’

काठमाडौं । नेकपा एमालेको महाधिवेशनअघिको प्रतिनिधि छनौट प्रक्रिया देशका विभिन्न