१० चैत्र २०८२, मंगलबार | March 24, 2026

नेपालगन्ज कारागारका कैदीबन्दीहरुका लागि नि-शुल्क आँखा शिविर



नेपालगन्ज । तराई क्षेत्रमा फैलिएको आँखा पाक्ने रोगको असर बाँके कारगारमा रहेका कैदीबन्दीमा देखिएपछि कारागारमा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । फत्तेबाल आँखा अस्पतालको सहयोगमा बाँके जिल्ला अदालत बार एसोसियसन र नेपालगञ्ज उच्च बार एसोशिएशनद्वारा कारगारमा कैदीबन्दीका लागि निःशुल्क आँखा शिविर सञ्चालन गरिएको हो ।

कारगारमा रहेका ३०७ जना कैदीबन्दीको आँखा परीक्षण गरेर निःशुल्क औषधि वितरण गरिएको फत्तेबाल आँखा अस्पतालका कार्यक्रम संयोजक उमर सादिकले बताए । उनले अधिकांश कैदीबन्दीमा आँखा पाक्ने समस्या देखिएको बताए ।

कारगारमा धेरै कैदीबन्दी रहेको र उनिहरुसँगै बस्ने उठ्ने गरेकोले आँखा पाक्ने रोग तीव्र गतिमा फैलिएको उनले बताए ।

जिल्ला अदालत बाँकेका न्यायाधीश धनसिंह महराले थुनुवा, कैदीबन्दीहरुलाई औषधि हस्तान्तरण गरेर आँखा उपचार शिविरको उदघाटन गरेका थिए । सो अवसरमा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले कैदीबन्दीका लागि निःशुल्क उपचार शिविर राखेर सह्रानीय काम गरेको बताए ।

कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी कोचाकोच गरेर राखिएकाले पनि आँखा पाक्ने रोग फैलिएको मानवअधिकारकर्मी इन्सेकका क्षेत्रीय प्रमुख भोला महतले बताए। क्षमताभन्दा बढी कैदीबन्दी राखिएकाले सरुवा रोगको रुपमा रहेको ‘कन्जक्टिभाइटिस एनिडो भाइरस’ फैलिएको उनले बताए ।

यसअघि केही दिन पहिले जिल्ला प्रहरी कार्यालयमा रहेका थुनुवाहरुको पनि निःशुल्क आँखा परीक्षण गरेर औषधि वितरण गरिएको थियो ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ११ : २० बजे

ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, जवाफको प्रतीक्षामा निगम

काठमाडौं । इरानमाथि अमेरिका र इजरायलले संयुक्त रूपमा हवाई कारबाही

२३ अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । यो साता कारोबारको लगातार तेस्रो दिन नेपाल स्टक

झापामा ‘बर्ड फ्लु’ देखियो, पंक्षीजन्य वस्तु ओसारपसारमा रोक

झापा । झापाका दमक नगरपालिका र झापा गाउँपालिकामा व्यावसायिक रूपमा

यस्तो छ सभापति थापाले प्रस्ताव गरेको १५ औं महाधिवेशनको कार्यतालिका

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा सभापति गगन

आफ्नो देशको आणविक कार्यक्रम अपरिवर्तनीय : किम जोङ उन

सियोल । उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम कुनै हालतमा नछोड्ने