४ पुस २०८२, शुक्रबार | December 20, 2025

एमाले रुपन्देहीले बनायो प्रदेश अधिवेशन केन्द्रीत कार्ययोजना, सबैपालिकामा एकै दिन प्रतिनिधि छनोट



बुटवल । नेकपा एमाले जिल्ला सचिवालय रूपन्देहीको विस्तारित बैठक बिहीबार बुटवलमा सम्पन्न भएको छ । पार्टी जिल्ला अध्यक्ष तेजेन्द्र केसीको अध्यक्षता तथा जिल्ला इन्चार्ज दलबहादुर रानाको प्रमुख आतिथ्यतामा बसेको बैठकले विभिन्न निर्णयहरू गरेको छ ।

बैठकले आउँदो भदौं ९ गते प्रदेशको भदौं १६ र १७ गते बुटवलमा सम्पन्न हुने प्रथम एतिहासिक प्रदेश अधिवेशनको लागि प्रतिनिधि छनौट गर्ने निर्णय गरेको छ । त्यस्तै अध्यक्ष तेजेन्द्र केसीको नेतृत्वमा जिल्लाका पदाधिकारी, क्षेत्रीय संयोजक र पालिकाका अध्यक्ष सहितको जनपरिचालन कमिटी निर्माण गर्ने निर्णय गरेको छ । त्यस्तै अधिवेशनका लागि स्वयंसेवक संयोजन गर्ने जिम्मा जिल्लाका उपसचिव चित्रबहादुर कार्कीलाई जिम्मेवारी दिइएको छ । अधिवेशनको उद्घाटन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले बुटवल मण्डपमा गर्नेछन् ।

आर्थिक वर्ष २०७९/८० मा पार्टी सदस्य नविनकरण ८३.३४ प्रतिशत भएको अध्यक्ष केसीले जानकारी दिए । पार्टीको कामलाई व्यवस्थित गर्नको जिल्ला र पालिकाहरूमा संयन्त्र निर्माण गरिनेछ । जिल्लाको संयन्त्र निर्माणको जिम्मा जिल्ला इन्चार्ज दलबहादुर राना र पालिकाको संयन्त्र निर्माणको जिल्लाका केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ । संयन्त्र जिल्ला र प्रदेशका पदाधिकारी संहितको संयन्त्र निर्माण गरिनेछ । बैठकले जिल्ला कमिटी सदस्यमा हरिष चन्द्र सिंहलाई मनोनय गर्ने निर्णय गरेको छ ।

बैठकमा बोल्दै जिल्ला इन्चार्ज दलबहादुर रानाले पार्टीका प्रदेश नेतृत्व सर्वसम्मत रूपमा चयन गर्न सबै लाग्नुपर्ने बताए । उनले अ पार्टीमा गुट उपगुट नभएको बताउँदै पार्टीलाई आगामी सबै निर्वाचनमा बहुमत सहितको बनाउने गरी संगठन निर्माणको काममा जुटनुपर्ने बताए । बैठकमा पोलिटव्यूरो सदस्य दधिराम न्यौपाने, केन्द्रीय सदस्यहरु भूमिश्वर ढकाल, शिवराज सुवेदी, सावित्रा अर्याल, कमल गौतम, गुमा आचार्य र अनुशासन आयोगका उपाध्यक्ष नेत्रप्रसाद पन्थी, लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहिबार  ४ : २६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको