२२ माघ २०८२, बिहिबार | February 5, 2026

एमाले रुपन्देहीले बनायो प्रदेश अधिवेशन केन्द्रीत कार्ययोजना, सबैपालिकामा एकै दिन प्रतिनिधि छनोट



बुटवल । नेकपा एमाले जिल्ला सचिवालय रूपन्देहीको विस्तारित बैठक बिहीबार बुटवलमा सम्पन्न भएको छ । पार्टी जिल्ला अध्यक्ष तेजेन्द्र केसीको अध्यक्षता तथा जिल्ला इन्चार्ज दलबहादुर रानाको प्रमुख आतिथ्यतामा बसेको बैठकले विभिन्न निर्णयहरू गरेको छ ।

बैठकले आउँदो भदौं ९ गते प्रदेशको भदौं १६ र १७ गते बुटवलमा सम्पन्न हुने प्रथम एतिहासिक प्रदेश अधिवेशनको लागि प्रतिनिधि छनौट गर्ने निर्णय गरेको छ । त्यस्तै अध्यक्ष तेजेन्द्र केसीको नेतृत्वमा जिल्लाका पदाधिकारी, क्षेत्रीय संयोजक र पालिकाका अध्यक्ष सहितको जनपरिचालन कमिटी निर्माण गर्ने निर्णय गरेको छ । त्यस्तै अधिवेशनका लागि स्वयंसेवक संयोजन गर्ने जिम्मा जिल्लाका उपसचिव चित्रबहादुर कार्कीलाई जिम्मेवारी दिइएको छ । अधिवेशनको उद्घाटन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले बुटवल मण्डपमा गर्नेछन् ।

आर्थिक वर्ष २०७९/८० मा पार्टी सदस्य नविनकरण ८३.३४ प्रतिशत भएको अध्यक्ष केसीले जानकारी दिए । पार्टीको कामलाई व्यवस्थित गर्नको जिल्ला र पालिकाहरूमा संयन्त्र निर्माण गरिनेछ । जिल्लाको संयन्त्र निर्माणको जिम्मा जिल्ला इन्चार्ज दलबहादुर राना र पालिकाको संयन्त्र निर्माणको जिल्लाका केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ । संयन्त्र जिल्ला र प्रदेशका पदाधिकारी संहितको संयन्त्र निर्माण गरिनेछ । बैठकले जिल्ला कमिटी सदस्यमा हरिष चन्द्र सिंहलाई मनोनय गर्ने निर्णय गरेको छ ।

बैठकमा बोल्दै जिल्ला इन्चार्ज दलबहादुर रानाले पार्टीका प्रदेश नेतृत्व सर्वसम्मत रूपमा चयन गर्न सबै लाग्नुपर्ने बताए । उनले अ पार्टीमा गुट उपगुट नभएको बताउँदै पार्टीलाई आगामी सबै निर्वाचनमा बहुमत सहितको बनाउने गरी संगठन निर्माणको काममा जुटनुपर्ने बताए । बैठकमा पोलिटव्यूरो सदस्य दधिराम न्यौपाने, केन्द्रीय सदस्यहरु भूमिश्वर ढकाल, शिवराज सुवेदी, सावित्रा अर्याल, कमल गौतम, गुमा आचार्य र अनुशासन आयोगका उपाध्यक्ष नेत्रप्रसाद पन्थी, लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहिबार  ४ : २६ बजे

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी

लुम्बिनीमा तेस्रो अन्तरराष्ट्रिय बौद्ध सम्मेलन आयोजना हुने

लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा तेस्रो अन्तरराष्ट्रिय बौद्ध सम्मेलन आयोजना

‘उम्मेदवारले भारतीय नम्बर प्लेट नम्बरको सवारीसाधन प्रयोग गर्न मिल्दैन’

वीरगञ्ज । जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते

इक्यान रुपन्देही र थाइरो ल्याव बुटवलबीच ल्याव परीक्षणमा विशेष छुट सम्झौता

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देही र थाइरो

पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

बाँके । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरीले प्रदान गर्ने