१० चैत्र २०८२, मंगलबार | March 24, 2026

भ्रामक सूचनाका आधारमा धारणा नबनाउन ब्यवसायीलाई समावेशी प्यानलको आग्रह



नेपालगन्ज । समावेशी प्यानलले नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी २ भाद्रमा हुन लागेको निर्वाचनमा आफ्नो प्यानलमा मतदान गर्न आममतदाता तथा उद्योगी व्यवसायीहरुसँग अपिल गरेको छ ।

समावेशी प्यानलका संयोजक र्ईश्वरप्रसाद पोखरेल, नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्षद्वय कृष्णप्रसाद श्रेष्ठ र नन्दलाल वैश्यको संयुक्त हस्ताक्षरमा अपिल जारी गर्दै समग्र बाँके क्षेत्रको प्रतिनिधित्व हुने सानादेखि ठूला व्यापारिक घरानासम्मका उद्योगी र व्यवसायीलाई उम्मेदवारहरुका रुपमा चयन गरिएको स्मरण गराइएको छ ।

उनीहरुले समावेशी प्यानल एकताबद्ध भएर चुनावी अभियानमा जुटेको र एकतामा फुट ल्याउन, बैैमनस्यता कायम गर्न, उद्योगी व्यवसायीबीच फाटो ल्याउन अनेक भ्रम छर्ने, हुँदै नभएका कुराहरु अतिरञ्जित गर्ने इत्यादि खेलहरु हुनसक्ने तर्फ निकै संयम र चनाखो हुन मतदातालाई सचेत गराइएको छ ।

‘व्यक्तिगत स्वार्थ सिद्धि वा कसैको बहकाउमा लागेर वा भ्रामक सूचनाका आधारमा धारणा नबनाउन सम्पूर्ण उद्योगी व्यवसायीसँग आग्रह गर्दछौं । समावेशी प्यानलको एकता अक्षुण्ण राखेर तन, मन, बुद्धि, र बर्कतले पूरै प्यानललाई विजयी बनाउने अभियानमा लाग्न हामी सम्पूर्ण मतदाता, उद्योगी व्यवसायीहरुमा अनुरोध गर्दछौं’, अपिलमा भनिएको छ, ‘उद्योगी व्यवसायीबीचको एकता नै सिंगो समावेशी प्यानलको जित हो । उद्योगी व्यावसायीहरुको हित हो ।’

भाद्र २ गते हुने निर्वाचनका लागि नेपालगन्जमा साझा प्रजातान्त्रिक प्यानल र समावेशी प्यानलका नाममा २ वटा ब्यवसायीक समुह चुनावी प्रतिस्पर्धामा रहेका छन् । साझा प्रजातान्त्रिक समुहको नेतृत्व ललितकुमार रौनियार र समेवेशी प्यानलको नेतृत्व टंक धामीले गरेका छन् ।

निर्वाचन कार्यबिधिमा तोकिएको संख्या भन्दा बढी वा कम मतदान गर्दापनि सम्पूर्ण मत बदर हुने भएको जनाउँदै तोकिएको संख्यामा मात्र मतदान गर्न निर्वाचन समितिले मतदातालाई आग्रह गरेको छ ।

 

 

प्रकाशित मिति : १ भदौ २०८०, शुक्रबार  ७ : ५३ बजे

चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ तालिमप्राप्त कुकुर परिचालन

चितवन । चितवन राष्ट्रिय निकुञ्जले सुरक्षाका लागि प्रविधिको प्रयोगमा ल्याएको

रवि लामिछानेसम्बन्धी मुद्दा फिर्ता निर्णयविरुद्ध रिटमा आज पनि सुनुवाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

डाँडाखेत-राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणद्वारा यहाँ निर्माणाधीन १३२ केभी क्षमताको

पर्वतमा ‘बोलेरो जीप’ दुर्घटनामा चालकको मृत्यु

पर्वत । कालीगण्डकी लोकमार्ग अन्तर्गत फलेवास नगरपालिका-४ मुडिकुवास्थित कुश्मा-फलेवास सडकस्थित

मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै

महोत्तरी । महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई