२२ माघ २०८२, बिहिबार | February 5, 2026

टोपेखोलामा पहिरो जाँदा नारायणगढ–मुग्लिन सडक अवरुद्ध



चितवन । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत टोपेखोलामा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ टोपेखोलामा आज राति ८ बजे पहिरो खसेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार सुक्खा पहिरो खसी दुईतर्फी सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएसँगै सो सडक भएर चल्ने सवारी साधन रोकिएका छन् ।

पहिरो पन्छाउनका लागि सडक डिभिजन कार्यालय चितवनसँग समन्वय भइरहेको उनले जानकारी दिए । सो सडक खण्डमा बर्सात सुरु भएसँगै पटक पटक पहिरो खस्ने गरेको छ ।

प्रकाशित मिति : ४ भदौ २०८०, सोमबार  १० : १६ बजे

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद

उद्योग व्यापार संघ बुटवलद्वारा कार्ययोजना पारित

बुटवल । उद्योग व्यापार संघ बुटवलले वार्षिक कार्ययोजना कार्यशालामार्फत विभिन्न

बुटवलमा सामूहिक ईही र कैटापुजा सम्पन्न

बुटवल । नेवारी समुदायको मौलिक संस्कार, संस्कृति र पहिचान जगेर्ना

ओमोडा शोरुममा आइकार भी २३ गाडी बुटवलमा सार्वजनिक

बुटवल । सिद्धि विनायक मोटर्स प्रालिले बहुप्रतिक्षित आइकार भी २३

जथाभावी राखिएका बस नियन्त्रणमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन उपत्यका