६ पुस २०८२, आइतबार | December 21, 2025

मुग्लिन-नारायणगढ सडक : पहिरो पन्छाउँदै गरेको लोडरमा ढुँगा खसेर क्षति

१२ बजे सम्म एकतर्फि सडक खुल्ने अनुमान



चितवन । मुग्लिन नारायणगढ सडक खण्डमा सोमबार राती खसेको पहिरोका कारण अवरुद्ध सडक अझै खुल्न सकेको छैन । राती ८ बजेबाट अवरुद्ध सडक खुलाउन रातभरी साधन श्रोत परिचालन गर्दापनि खुलाउन नसकिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

पहिरो पन्छाउने क्रममा खसेको ढुँगाले पहिरो पन्छाउन प्रयोग भएको लोडरको अगाडीको भागमा क्षति भएको छ । लोडरको अगाडिको भागको सिसा फुटेपनि मानवीय क्षति नभएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार दिउँसो १२ बजेसम्ममा सडक आवागमन एकतर्फी भएपनि खुलाउने प्रयास भइरहेको छ । अहिले सडक डिभिजनको २ वटा मेशिन नारायणगढतर्फबाट र १ वटा येक्साभेटर मुग्लिनतर्फबाट पहिरो पन्छाउने कार्यमा लागिरहेको छ ।

मुग्लिन नारायणगढ सडक हुँदै यात्रा यात्रीहरुलाई सडक कार्यालयले वैकल्पिक बाटो हुदै यात्रा गर्न अनुरोध समेत गरेको छ ।

प्रकाशित मिति : ५ भदौ २०८०, मंगलबार  ९ : ३० बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा