६ पुस २०८२, आइतबार | December 21, 2025

१७ घण्टापछि खुल्यो नारायणगढ-मुग्लिन सडक



चितवन । मुग्लिन-नारायणगढ सडक खण्डमा सोमबार राती ८ बजेबाट अवरुद्ध सडक १७ घण्टापछि संचालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरको सक्रियतामा ३ वटा स्काभेटर प्रयोग गरि १२ः५५ बजेबाट सडक सुचारु भएको हो ।

राती ८ बजेबाट अवरुद्ध सडक खुलाउन रातभरी साधन श्रोत परिचालन गरिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

पहिरो पन्छाउने क्रममा खसेको ढुँगाले पहिरो पन्छाउन प्रयोग भएको लोडरको अगाडीको भागमा क्षति भएको छ । लोडरको अगाडिको भागको सिसा फुटेपनि मानवीय क्षति नभएको कार्यालयले जनाएको छ ।

सडक डिभिजनको २ वटा मेशिन नारायणगढतर्फबाट र १ वटा एक्साभेटर मुग्लिनतर्फबाट पहिरो पन्छाउने कार्य परिचालन गरिएको थियो ।

 

प्रकाशित मिति : ५ भदौ २०८०, मंगलबार  १ : ०६ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा