५ पुस २०८२, शनिबार | December 20, 2025

मनाङ सडक : साँझ खुल्यो बिहान अवरुद्ध



मनाङ । हिमाली जिल्ला मनाङ आउने एक मात्र सडक अवरुद्ध भएको छ । लमजुङको बेँसीसहर नगरपालिका-६ खरखरे, मस्र्याङ्दी गाउँपालिका-४ घोप्टेभिर, रामबजार र च्याम्चेमा पहिरो खस्दा आज बिहानैदेखि सडक अवरुद्ध भएको छ । धेरै स्थानमा पहिरो खसेकाले मनाङको मेरुदण्डको रुपमा रहेका बेँसीसहर-चामे सडक पूर्णरुपमा अवरुद्ध भएको डुम्रे-बँसीसहर-चामे सडक आयोजना कार्यालयका सबइञ्जिनीयर सुमन अधिकारीले जानकारी दिए ।

उनका अनुसार सडक निर्माण गर्दैगर्दा माथिबाट पहिरो खस्ने समस्याले बाटो खुलाउनै मुस्किल भएको छ । सबइञ्जिनीयर अधिकारीले भने, “एक ठाउँमा सडक सरसफाइ गरिन्छ, अर्को स्थानमा पहिरो खसेर ट्र्याक नै बगाउने गरेको र वर्षाको समयमा भौगोलिक धरातल कमजोर रहेकाले सडक खुलाउन नपाउँदै अवरुद्ध हुने गरेको छ ।” धरातल कमजोर भएको अवस्थामा साँगुरो बाटोमा दुई सय मिटरमाथिबाट पहिरो खस्दा सडक खुलाउन नपाउँदै अवरुद्ध हुने गरको उनको भनाइ थियो ।

सबइञ्जिनीयर अधिकारीले भने, “मनाङ आउने एउटै मात्र सडक छ, यसमा पनि मुख्य सडकसँगै जोडिएर खोलिएका शाखा सडकका कारण समस्या हुने गरेको छ ।” मुख्य सडकसँग समन्वय नगरी खोलिएका शाखा सडकबाट आउने लेदोसहितको पानीले सडकमा समस्या हुँदै आएको छ । सडक अवरुद्ध हुँदा सवारीसाधन आवतजावत तथा सामान आपूर्तिमा समस्या भएको छ । यहाँको सडक पूर्णरुपमा ठप्प हुँदा मनाङ आउने पर्यटक, पथप्रर्दशक र कर्मचारीहरू बीच बाटोमै अलपत्रमा परेका छन् ।

छिनछिनमा सडक अवरुद्ध हुँदा मनाङका किसानले सास्ती भोग्नाका साथै स्याउ, आलु बिक्रीका लागि बजारसम्म पु¥याउन पनि समस्या भएको स्थानीय किसान सोलबहादुर गुरुङले बताए । उनले भने, “किसानलाई सबैतिरबाट सास्ती भोग्नुपर्छ, सडकका कारण बारीमा फलेका स्याउ बिक्री गर्न बजारसम्म पु¥याउन सास्ती भएको छ, अर्डर आएको सामान समयमा बजारसम्म पु¥याउनै सकिदैन र आम्दानीभन्दा पनि सामान पु¥याउनमै खर्च बढी लाग्ने गरेको छ ।”

यहाँ उत्पादित स्याउ र आलु बिक्रीका लागि लमजुङ, पोखरा, काठमाडौं, चितवनलगायत देशका ठूला सहरबाट माग हुने गरे पनि उत्पादित वस्तु पु¥याउनुभन्दा बढी सामग्री ढुवानीमा खर्चनुपर्ने अवस्था यहाँका किसानले भोग्दै आएका छन् ।

प्रकाशित मिति : ७ भदौ २०८०, बिहिबार  १ : ५९ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता