१० चैत्र २०८२, मंगलबार | March 24, 2026

मनमित ग्रुपको बुटवलमा बिजनेस पाट्नर्स मिट सम्पन्न



बुटवल । विगत डेढ दशक लामो समयदेखि व्यवसायिक यात्रामा रहेको मनमित ग्रुपले शुक्रबार बुटवलमा बिजनेस पाट्नर्स मिट सम्पन्न गरेको छ । मनमित श्री ट्रेडिङ, पीस लुम्बिनी इन्टरनेश्नल कम्पनी प्रा.लि र ओम शक्ति ट्रेडिङ एण्ड सप्लायर्सको साझा संस्था मनमित ग्रुपले देशभरका डिलर प्रतिनिधिहरुलाई सहभागी गराई टिम विल्डिङ वर्कसपसहितका विभिन्न कार्यक्रम सम्पन्न गरेको हो ।

देशभरका ६० बढी डिलरहरुबाट उपस्थित सय बढी प्रतिनिधिहरुका बीच आयोजना गरिएको कार्यक्रममा हालसम्म भएका प्रगति, बजारको अवस्था तथा भावि योजना बारेको कार्यपत्रमाथि छलफल गरिएको थियो । कार्यक्रमको अवसरमा विगत लामो समयदेखि कम्पनीमा रहेर काम गरेका व्यक्तिहरुलाई सम्मान समेत गरिएको छ । मनमित ग्रुपका प्रमुख उदयकुमार सिंहले सम्मानित व्यक्तिहरुलाई प्रमाणपत्र तथा मायाको चिनो प्रदान गर्दै थप सफलताको शुभकामना व्यक्त गरे । कार्यक्रममा कम्पनीसँग आवद्ध भई विगत १६ वर्षदेखि काम गर्दै आएकी सर्मीला पाण्डे, ११ वर्षदेखि काम गर्दै आएका बासुदेव पोखरेल, तारा नेपाल, नविन झा, सुशिल पौडेल, हरिप्रसाद अधिकारी लगायत २६ जनालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा मनमित श्री ट्रेडिङको सञ्चालक विष्णुमाया पोखरेल, पिस लुम्बिनीका निर्देशक विजेन्द्र महतो, निर्देशक अरविन्द सिंह, सन्तोष कुमार महतो, स्कोर्ट कुवाटा लिमिटेडका रिजनल विजनेश म्यानेजर समिर कुमार वर्मा लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा डिलर प्रतिनिधिहरुका लागि नयाँ विजनेश अफर समेत सार्वजनिक गरिएको छ । जस अनुसार आगामी वर्ष बिजेनेश मिट पूरा गर्ने उत्कृष्ट डिलरहरुलाई विभिन्न टुर प्याकेजको व्यवस्था गरिएको छ । कम्पनीले उत्कृष्ट विजनेश गरी डाइमण्ड स्किम प्राप्त गर्ने डिलरका लागि बैङ्कक, कताया र फुकेट टुरको अवसर प्रदान गर्ने छ भने गोल्ड स्किम प्राप्त गर्नेलाई वैङ्कक र पटाया तथा शिल्भर र ब्राउन्ज स्किम प्राप्त गर्नेलाई पोखरा र मुक्तिनाथ लगायतका ठाउँमा टुर प्याकेज प्रदान गर्ने भएको छ ।

पीस लुम्बिनी इन्टरनेश्नल नेपालका लागि पाल्को लुब्रिकेट, स्कोर्ट कुवाता लिमिटेटडको उत्पादन फर्माटेक र पावर टेकका पार्ट्सहरु, सिएनएच इन्डष्ट्रिज न्यु होल्याण्ड ट्रयाक्टर तथा सिएएसई ट्रयाक्टरका पार्ट्सका साथै हेभी इक्यूप्मेन्टहरुका पार्ट्सको आधिकारिक विक्रेता रहेको छ । मनमित श्री ट्रेडिङले लुम्बिनी प्रदेशका लागि शक्तिमान ब्राण्डका रोटाभेटर तथा विभिन्न कृषि औजारहरुहरुको आधिकारिक विक्रेतका रुपमा रहेको छ । यसैगरी ओम स्वस्तिकले मनमित र पीस लुम्बिनी अन्तरगतका सामग्रीहरुका लागि कपिलवस्तुमा आधिकारिक विक्रेतको रुपमा रहेको छ ।

प्रकाशित मिति : ९ भदौ २०८०, शनिबार  ५ : ५७ बजे

बर्दियाको गणेशपुरमा प्रहरी र स्थानीयबीच झडप, कम्तीमा १० सुरक्षाकर्मी घाइते

बर्दिया । नेपालगन्ज-गुलरिया सडक खण्डको बर्दियाको गणेशपुरमा स्थानीयबासी र प्रहरीबीच

विश्वमा एक करोड सात लाखमा सक्रिय क्षयरोगी, नेपालका ४२ प्रतिशत उपचार बाहिर

भक्तपुर। ‘हो १ हामी क्षयरोग अन्त्य गर्छौंः राष्ट्रिय अभियान, हाम्रो

लुम्बिनीमा सरसफाइ अध्ययन केन्द्र उद्घाटन

लुम्बिनी । लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा नं. ५ ढोडहवामा ‘सरसफाइ

दुग्ध उत्पादक किसानले ५५ करोड भूक्तानी पाएनन्

चितवन । जिल्लाका दुग्ध उत्पादक किसानले दुध बिक्री गरे बापत

कोटिहवामा भएको सवारी दुर्घटनाबाट बुटवल पुरानो बसपार्कका २१ वर्षिय युवाको मृत्यु

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ कोटिहवामा मालबाहक ट्रकको ठक्करबाट मोटरसाइकलमा