४ पुस २०८२, शुक्रबार | December 19, 2025

बुटवलमा भदौ २२ देखि ७ औं जिल्ला स्तरीय स्नुकर प्रतियोगिता



बुटवल । रूपन्देही पुल तथा स्नुकर संघको आयोजनामा बुटवलमा ७ औं जिल्ला स्तरीय स्नुकर प्रतियोगिता आयोजना हुने भएको छ । यही भदौं २२ गतेदेखि बुटवलको अमरपथमा अवस्थित खस्यौली स्नुकर क्लबमा हुने प्रतियोगिताको विजेताले हालसम्मकै सर्वाधिक नगद ५० हजार राशीसहित कप तथा मेडल प्राप्त गर्ने अध्यक्ष सुजन पुनले जानकारी दिए ।

विभिन्न क्लबका १५० बढी खेलाडी सहभागी हुने प्रतियोगिताका लागि १ हजार प्रवेश शुल्क व्यवस्था गरिगको छ भने प्रतियोगिता सम्पन्न गर्न ५ लाख खर्च अनुमान गरिएको आयोजकले जनाएको छ ।
२०६८ सालमा स्थापना भई निरन्तर खेल गतिविधि सञ्चालन गर्दै आएको संघले स्नुकरप्रति विगतको नकारात्मक धारणालाई चिर्न सफल भएको अध्यक्ष पुनले दाबी गरे । विगतमा कुलतमा बसेका र बेरजगार युवाहरु मात्रै खेल्ने खेलको रुपमा गलत धारणा हुने गरेको स्मरण गर्दै उनले त्यो अवस्थाबाट आजको स्थितीमा आउन सकेको उल्लेख गरे ।

प्रतियोगितामा द्वितीय हुनेले नगद २५ हजार पुरस्कार राशीसहित ट्रफी र प्रमाण-पत्र प्राप्त गर्ने छ । विधागत तर्फ हाई स्कोरलाई १० हजार, उदयमान खेलाडीलाई ५ हजार, अनुशासित खेलाडी खेलाडीलाई तथा , पूर्ण स्कोर (१४७) ल्याउने खेलाडीलाई १ लाख नगद राशीसहित ट्रफी र प्रमाण-पत्रले सम्मान गरिने आयोजकले जनाएको छ । रुपन्देही जिल्ला भित्रका खेलाडी सहभागी हुने प्रतियोगिताका लागि भाद्र १८ गतेसम्म दर्ता भई भाद्र २० गते टाईसिट सार्वजनिक गरिने वरिष्ठ उपाध्यक्ष बासु प्रधानले जानकारी दिए ।

प्रतियोगितालाई मर्यादित बनाउनका लागि खेल खेल्दा क्वाटर फाईनलबाट सर्ट पाईन्त र जुक्ता अनिवार्य लागाउनु पर्ने व्यवस्था गरिएको महासचिव  शंकर खड्काले जानकारी दिए । स्नुकर खेलप्रति विगतको दृष्टिकोण परिवर्तन भई सकारात्मक हुन थालेको भन्दै संघका वरिष्ठ सल्लाहकार सञ्जयरत्न बज्राचार्यले यस्ता प्रतियोगिताहरुले खेलाडीलाई थप हौसला प्राप्त हुने उल्लेख गरे । स्नुकर खेलप्रति सकारात्मक धारणा स्थापित गर्न सफल भए पनि राज्यले चासो नदिएको उनले गुनासो गरे । रुपन्देहीमा हालिम्म ४४ वटा क्लब दर्ता भएका छन् भने १ हजार बढी खेलाडीहरु रहेको संघले जनाएको छ ।

प्रकाशित मिति : १० भदौ २०८०, आइतबार  ६ : ०४ बजे

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा