५ पुस २०८२, शनिबार | December 20, 2025

बुटवलमा खुल्यो एड इन्टरनेशनल एजुकेशनको पहिलो शाखा



बुटवल । काठमाडौं बागबजारमा सञ्चालनमा रहेको एड इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीको पहिलो शाखा लुम्बिनी प्रदेशको बुटवलमा सञ्चालन गरिएको छ ।

वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीलाई लक्षित गरि यु.के., यु.एस.ए., क्यानडा, अष्ट्रेलिया र डेनमार्कको लागि परामर्श सेवा प्रदान गर्नेगरी काठमाडौंमा २०७७ सालमा स्थापना भएको एड इन्टरनेशनल एजुकेशनको यो पहिलो शाखा बुटवलमा सञ्चालन भएको हो ।

सोमबार बुटवल शाखाको लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सिके गुप्ताले उद्घाटन गरे । त्यस अवसरमा बोल्दै उनले वैदेशिक शिक्षाको लागि गएका युवाहरुलाई स्वदेशमा फर्किएर देशको विकासमा जुट्न आग्रह गरे । उनले शिक्षाको लागि विदेश गएका युवाहरु उतै पलायन हुने प्रवृत्तिका कारण देशको विकास हुन नसकेको बताउँदै उनले पाएको शिक्षा नेपालमा आएर प्रयोगमा ल्याउन आग्रह गरे । उनले शिक्षालाई सबै नागरिकको पहुँचमा पुर्याउनको लागि लुम्बिनी प्रदेश सरकार निरन्तर लागेको बताए ।
मन्त्री गुप्ताले अब छिटै संघीय शिक्षा ऐन आउन लागेको र त्यसपछि प्रदेशले पनि प्रदेश शिक्षा ऐन ल्याउने जानकारी गराए । प्रदेश सरकारले दुई लाख युवालाई रोजगारीमा जोड्नको लागि ४ अर्व बजेट छुट्याएको जानकारी गराउँदै यो कार्यक्रमलाई प्रभावकारी बनाउनको लागि सबैको साथ सहयोगको लागि आग्रह गरे ।

एड इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीका प्रवन्ध निर्देशक दीपक लामिछानेले कन्सल्टेन्सी स्थापनापछि सयौंको संख्यामा विद्यार्थीलाई वैदेशिक शिक्षाको लागि विभिन्न देशमा पठाएको बताउँदै अब नेपाललाई पनि शैक्षिक गन्तव्य बनाउनको लागि पहल भईरहेको जानकारी गराए ।

उनले बुद्धिजम लगायतका विषयमा नेपाललाई शैक्षिक गन्तव्य बनाउन सकिने बताउँदै त्यस विषयमा पहल भईरहेको र निकट भविश्यमा यसले सार्थकता पाउने विश्वास व्यक्त गरे । उनले लुम्बिनी बुटवलसंग अरु प्रदेशमा पनि शाखा विस्तार गरिने जानकारी दिए ।

त्यस्तै एड इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सी बुटवल शाखाका प्रवन्धक कृष्ण पाण्डेले विधी प्रकृया पुरा गरेर पारदर्शी रुपमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले पछिल्लो सयममा कलेजमा भन्दा पनि कन्सल्टेन्सीमा विद्यार्थीको चाप बढी देखिएको बताउँदै वैदेशिक शिक्षाको लागि जाने विद्यार्थीले त्यहा पढेका र सिकेका सीपलाई नेपालमा आएर प्रयोग गर्न सुझाव दिए ।

प्रकाशित मिति : ११ भदौ २०८०, सोमबार  २ : ५८ बजे

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन

तोडिएका ठेक्काको तत्काल टेण्डर गरौं : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र