१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

आइतबार साँझबाट बेपत्ता सेनानी खतिवडा अझै भेटिएनन्



काठमाडौं । आइतबार अपरान्हबाट सम्पर्कबिहिन भएका नेपाली सेनाका गुल्मपति विमल खतिवडा अहिले सम्म फेला परेका छैनन् । डोल्पा सदरमुकाम दुनैस्थित नन्दबक्सका गुल्मपति खतिवडा आइतबार दिउँसो ४ः५५ बजेतिर ब्यारेकबाट निस्किएका तर अहिले समम सम्पर्कमा नआएको डोल्पा प्रहरीले जनाएको छ ।

खतिवडा हिजो अपराह्न ब्यारेकबाट निस्केको र साँझतिर त्रिपुराकोटमा स्थानीयले देखेको भन्ने सूचनाका आधारमा खोजी कार्य भइरहेको जिल्ला प्रहरी प्रमुख डिएसपी शिवकुमार बुढाथोकीले जानकारी दिए।

काठमाडौंको कागेश्वरी मनोहरा डाँछी घर भएका उनी ब्यारेकबाट एक घन्टाको दूरीमा रहेको त्रिपुराकोटमा देखिएको बताइएको छ । सेनानी पण्डित सम्पर्कविहीन भएको नेपाली सेनाले पनि पुष्टी गरेको छ । आईतबार साँझबाट उनी सम्पर्क बाहिर रहेको नेपाली सेनाका प्रवक्ता सहायक रथि कृष्णप्रसाद भण्डारीले बताए ।

प्रहरीका अनुसार ब्यारेकबाट निस्कँदा संगै निस्केका सेनाका अर्को कर्मचारीलाई बाटैबाट उनले फर्काईदिएका थिए । फर्काईएका सेनाको कर्मचारी कुन दर्जाका थिए भन्ने कुरा भने खुलेको छैन । नेपाल प्रहरी, शसस्त्र र नेपाली सेनाले सेनानी खतिवडाको खोजी तिब्र बनाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ भदौ २०८०, सोमबार  ९ : १९ बजे

सिन्धुपाल्चोकमा १३६ मिलीमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा (सूचीसहित)

काठमाडौँ । न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना

बुटवल बुधबार एक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गर्दै रोटरी ईन्टरनेशनल

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको

तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना