१ जेष्ठ २०८१, मंगलबार | May 14, 2024

आइतबार साँझबाट बेपत्ता सेनानी खतिवडा अझै भेटिएनन्



काठमाडौं । आइतबार अपरान्हबाट सम्पर्कबिहिन भएका नेपाली सेनाका गुल्मपति विमल खतिवडा अहिले सम्म फेला परेका छैनन् । डोल्पा सदरमुकाम दुनैस्थित नन्दबक्सका गुल्मपति खतिवडा आइतबार दिउँसो ४ः५५ बजेतिर ब्यारेकबाट निस्किएका तर अहिले समम सम्पर्कमा नआएको डोल्पा प्रहरीले जनाएको छ ।

खतिवडा हिजो अपराह्न ब्यारेकबाट निस्केको र साँझतिर त्रिपुराकोटमा स्थानीयले देखेको भन्ने सूचनाका आधारमा खोजी कार्य भइरहेको जिल्ला प्रहरी प्रमुख डिएसपी शिवकुमार बुढाथोकीले जानकारी दिए।

काठमाडौंको कागेश्वरी मनोहरा डाँछी घर भएका उनी ब्यारेकबाट एक घन्टाको दूरीमा रहेको त्रिपुराकोटमा देखिएको बताइएको छ । सेनानी पण्डित सम्पर्कविहीन भएको नेपाली सेनाले पनि पुष्टी गरेको छ । आईतबार साँझबाट उनी सम्पर्क बाहिर रहेको नेपाली सेनाका प्रवक्ता सहायक रथि कृष्णप्रसाद भण्डारीले बताए ।

प्रहरीका अनुसार ब्यारेकबाट निस्कँदा संगै निस्केका सेनाका अर्को कर्मचारीलाई बाटैबाट उनले फर्काईदिएका थिए । फर्काईएका सेनाको कर्मचारी कुन दर्जाका थिए भन्ने कुरा भने खुलेको छैन । नेपाल प्रहरी, शसस्त्र र नेपाली सेनाले सेनानी खतिवडाको खोजी तिब्र बनाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार  ९ : १९ बजे

तिलोत्तमाको मंगलापुर-कान्छीबजार सडक खण्डको दोस्रो चरणको निर्माण कार्य शुरु

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मंगलापुर-कान्छीबजार सडक खण्ड अन्तर्गत दोस्रो

राष्ट्रियसभा बैठकमा कांग्रेसको अवरोध, राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पेश भएन

काठमाडौं। नेपाली कांग्रेसले राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ । संघीय

कांग्रेसको प्रतिक्रिया – नीति तथा कार्यक्रम परम्परागत, नयाँ कुरा छैन

काठमाडौं। नेपाली कांग्रेसले सरकारले ल्याएको नीति तथा कायर्क्रम परम्परागत रहेको

राष्ट्रपति पौडेलबाट आव २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुबै सदनको संयुक्त