१० चैत्र २०८२, मंगलबार | March 24, 2026

जाग्यो नेपालगन्ज उपमहानगर, अतिक्रमित सार्वजनिक जग्गा खाली गराउन सुरु



नेपालगन्ज । सूचना प्रकाशित गर्ने र पछि हट्ने लामो सृङ्खला पछि नेपालगन्ज उपमहानगर सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाउन सक्रिय देखिएको छ । ‘बोल्ड निर्णय’ दिन नसकेको भन्दै आलोचना खेपिरहेका नेपालगन्जका नगरप्रमुख प्रसान्त विष्ट आजबाट आफै अतिक्रमण हटाउन सडकमा उत्रेका छन् ।

आजदेखि बागेश्वरी मन्दिर पूर्व न्यूरोडतर्फ सार्वजनिक जग्गा अतिक्रमण गरी सञ्चालित पसलहरू र दैलेखी बङ्गला कब्जा गरी बसेकालाई हटाउन शुरु गरिएको हो ।

उच्च अदालतले ३ बुँदे आदेश गर्दै जग्गा खाली गराउने बाटो खोलिदिएपछि उपमहानगर अदालतको आदेश अनुसार सार्वजनिक जग्गा खाली गराउन तम्सेको हो । समय दिएर खाली गराउन सक्ने अदालतको आदेश लगत्तै उपमहानगरले ७ दिने सूचना गरेर घरटहरा र पसलकबल खाली गर्न भनेको थियो ।

उपमहानगरले दिएको समय मंगलबार सकिएपछि उपमहानगरपालिका प्रमुख विष्ट मंगलबारै त्यहाँ पुगेर जग्गा खाली गरिदिन अनुरोध गरेका थिए । विष्टसँगै प्रवक्ता एवम् वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजाल, वडा नम्बर २ का वडाध्यक्ष मनोज श्रेष्ठ लगायतको टोलीले दुवै ठाउँमा पुगेर मंगलबार साँझसम्म अतिक्रमित जग्गा खाली गर्न अन्तिम अल्टिमेटम दिएको थियो ।

नेपालगञ्ज उपमहानगरका प्रमुख विष्टले उच्च अदालतको आदेश अनुसार मंगलबार साँझसम्म जग्गा खाली गर्न अतिक्रमण गरेकासँग आग्रह गरेपछि बुधवार बागेश्वरी मन्दिर पूर्वका पसल संचालकहरुले आफैं ठाँउ खाली गरिदिएका छन् । विष्टले बागेश्वरी मन्दिर पूर्वको खाली जग्गामा चिल्ड्रेन पार्क र पार्किङस्थल बनाइने बताए ।

यसअघि जस्तै जग्गा खाली गराउन नआउने विश्वासमा परेका दैलेखी बंगला आसपासका टहराधनीहरुको घर टहरामाथि भने आज डोजर चलाइएको छ ।

यसअघि नेपालगञ्ज उपमहानगरपालिकाले ७ दिनको म्याद राखी पसल हटाउन सूचना जारी गरेपछि व्यवसायीहरू उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलास पुगेका थिए । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले निषेधाज्ञा मुद्दामा अर्को सूचना जारी गरी हटाउने म्यादसम्म निवेदकले पसल, सुरक्षितरूपमा हटाउन सक्ने नै हुँदा हाल सोही बमोजिम गर्नु भनी आदेश जारी गरेपछि उपमहानगरले खाली गराएको हो ।

यसअघि रिट निवेदक कृष्णप्रसाद श्रेष्ठ समेत सार्वजनिक सरोकारका क्षेत्रका वकालत गर्ने कानुन व्यवसायीद्वारा दायर रिटको अन्तिम सुनुवाइ गर्दै उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका न्यायाधीश बामदेव ज्ञवाली र पुरुषोत्तमप्रसाद ढकालको इजलासले तीन बुँदे आदेश जारी गरेको थियो ।

आदेशमा अदालतले बागेश्वरी मन्दिरदेखि पूर्व न्यूरोडदेखि पश्चिमको जग्गामा बाल उद्यान निर्माण गर्ने कार्य शीघ्र कार्यान्वयन गर्न आदेश दिएको थियो ।

प्रकाशित मिति : १३ भदौ २०८०, बुधबार  ९ : ३५ बजे

आफ्नो देशको आणविक कार्यक्रम अपरिवर्तनीय : किम जोङ उन

सियोल । उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम कुनै हालतमा नछोड्ने

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौँ । नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि

हवाई उद्धारमा बिरामीको व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन

काठमाडौं । हेलिकप्टरमार्फत उद्धार गर्दा गम्भीर अवस्थाका बिरामीको सुरक्षित व्यवस्थापन

हतार वा हताशमा होइन, जवाफदेहिताका आधारमा राजीनामा दिएको हुँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले हतार वा

संविधानसभापछि सिंहदरबार फर्कंदै संसद्

काठमाडौं । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर