१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

बागमती प्रादेशिक क्रिकेट सङ्घको अध्यक्ष पदमा पूर्वकप्तान पारस निर्वाचित



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का बागमती प्रादेशिक क्रिकेट सङ्घको अध्यक्ष पदमा निर्वाचित भएका छन् ।

सङ्घको आज सम्पन्न दोस्रो अधिवेशन तथा साधारणसभाले अध्यक्ष खड्कासहित १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । पारस आफना प्रतिद्वन्द्वी उमेश पियालाई नौ मतको अन्तरले पछाडि पार्दै विजयी भएका हुन् । पारसले २३ मत प्राप्त गर्दा उमेशले १४ मत प्राप्त गरेका थिए ।

पारस काठमाडौँ जिल्ला क्रिकेट सङ्घका कार्यसमिति सदस्य तथा उमेश चितवन जिल्ला क्रिकेट सङ्घका उपाध्यक्ष हुन् । त्यसैगरी २३ मत प्राप्त गरेका प्रेमबहादुर क्षेत्री उपाध्यक्षमा निर्वाचित भए । उनका प्रतिस्पर्धी रूपक रञ्जितले १४ प्राप्त गरे ।

यसैगरी सचिवमा प्रशन्न शाक्य निर्वाचित भए । उनले २३ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी प्रज्वल सापकोटाले १४ मत प्राप्त गरेका थिए । कोषाध्यक्षमा सञ्जय बस्नेत विजयी भए । त्यस्तै सदस्यहरूमा अजयवीर पाण्डे, अनिल अधिकारी, सञ्जोग श्रेष्ठ, सुजन महर्जन, धीरज श्रेष्ठ, शेखर श्रेष्ठ र वसन्तराज सत्याल निर्वाचित भए ।

महिला सदस्यामा भने निरा राजोपाध्याय निर्विरोध निर्वाचित भएका छन् । मतदानमा छ जिल्लाका २४ र निवर्तमान कार्यसमितिका १३ सदस्य गरी कूल ३७ मत खसेको थियो ।

नेपाल क्रिकेट सङ्घ (क्यान)को केन्द्रिय चुनाव आगामी असोज पहिलो साता हुँदैछ । त्यसअघि ४५ जिल्ला र सात प्रदेशको निर्वाचन सम्पन्न भएको छ ।

प्रकाशित मिति : १५ भदौ २०८०, शुक्रबार  १० : ३३ बजे

बाढीका कारण क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति

भोटेकोशी बाढी : एक हजार २९३ शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौँ । चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान

त्रिशूली-३ ‘ए’को सुरुङमा एकजनाको शव फेला

काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र उद्धारका

त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान

काठमाडौँ । रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको