१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

इतिहासले सम्झिने गरी सरकारले कयौं सहासिक र जनपक्षीय काम अघि बढाएको छ : प्रचण्ड



काठमाडौं । नेकपा माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनतामा सरकार र प्रणालीप्रतिको विश्वास बढ्दै गएको बताएका छन् ।

आजबाट सुरु पार्टीको तीन महिने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ को भर्चुअल उद्घाटन गर्दै प्रचण्डले सरकारले इतिहासले सम्झिने गरी कैयौं सहासिक र जनपक्षीय काम गर्दैै गएका कारण जनतामा विश्वास बढ्दै गएको बताएका हुन् । राजनीतिक दल र नेतृत्वप्रति जनतामा रहेको निराशालाई आफ्नो नेतृत्वको सरकारले आशामा परिणत गराएको उनले बताउँदै सरकारले इतिहासकै राम्रो काम गरेको दाबी गरे ।

‘सरकारले इतिहासले नै सम्झिने गरी कयौं सहासिक र जनपक्षीय कामहरु अगाडि बढाएको छ’, प्रचण्डले भने, ‘जनतामा अब केही हुन्छ भन्ने आशाको रक्तसञ्चार गराएको छ ।’

‘भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, सुन तस्करी प्रकरणलगायतका घटनामा भएका निष्पक्ष छानबिनन र कारबाहीले जनतामा उत्साह आएको उनले जिकिर गरे ।

प्रचण्डले तीन महिने रुपान्तरण अभियानले पार्टीको जनसम्बन्ध बलियो बनाउने बनाउने विश्वास व्यक्त गरे । उनले सिंगो पार्टी एकढिक्का भएर अघि बढे सबै चुनौतीको सामना गर्न सकिने बताए ।

प्रकाशित मिति : १६ भदौ २०८०, शनिबार  १० : ५२ बजे

बुटवलमा मगर दिवसको अवसरमा ‘कानुङ साँझ’ कन्सर्ट हुँदै

बुटवल । मगर दिवसको अवसर पारेर बुटवलमा ‘कानुङ साँझ’ नामक

ट्रम्पको प्रश्न – इरान किन झुकेको छैन ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा सैन्य दबाबका बाबजुद इरान किन

निर्वाचनका अवसरमा तीन दिन बिदा दिन आयोगको सिफारिस

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तीन दिन

फागुन २१ गते निर्वाचन हुँदैन भन्ने हल्लाको पछि नलाग्नु : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले केही व्यक्तिहरुले

गौरमा सद्भावका लागि सर्वपक्षीय आह्वान; दोषीलाई कारबाही गर्ने, सद्भाव र्‍याली निकाल्ने

रौतहट । धार्मिक विषयलाई लिएर रौतहटको गौर नगरपालिका–६ अन्तर्गत सबगढा