४ पुस २०८२, शुक्रबार | December 20, 2025

इतिहासले सम्झिने गरी सरकारले कयौं सहासिक र जनपक्षीय काम अघि बढाएको छ : प्रचण्ड



काठमाडौं । नेकपा माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनतामा सरकार र प्रणालीप्रतिको विश्वास बढ्दै गएको बताएका छन् ।

आजबाट सुरु पार्टीको तीन महिने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ को भर्चुअल उद्घाटन गर्दै प्रचण्डले सरकारले इतिहासले सम्झिने गरी कैयौं सहासिक र जनपक्षीय काम गर्दैै गएका कारण जनतामा विश्वास बढ्दै गएको बताएका हुन् । राजनीतिक दल र नेतृत्वप्रति जनतामा रहेको निराशालाई आफ्नो नेतृत्वको सरकारले आशामा परिणत गराएको उनले बताउँदै सरकारले इतिहासकै राम्रो काम गरेको दाबी गरे ।

‘सरकारले इतिहासले नै सम्झिने गरी कयौं सहासिक र जनपक्षीय कामहरु अगाडि बढाएको छ’, प्रचण्डले भने, ‘जनतामा अब केही हुन्छ भन्ने आशाको रक्तसञ्चार गराएको छ ।’

‘भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, सुन तस्करी प्रकरणलगायतका घटनामा भएका निष्पक्ष छानबिनन र कारबाहीले जनतामा उत्साह आएको उनले जिकिर गरे ।

प्रचण्डले तीन महिने रुपान्तरण अभियानले पार्टीको जनसम्बन्ध बलियो बनाउने बनाउने विश्वास व्यक्त गरे । उनले सिंगो पार्टी एकढिक्का भएर अघि बढे सबै चुनौतीको सामना गर्न सकिने बताए ।

प्रकाशित मिति : १६ भदौ २०८०, शनिबार  १० : ५२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको