१६ बैशाख २०८१, आइतबार | April 28, 2024

काठमाडौँ महानगर प्रमुख बालेनको आयो सिंहदरवारमा आगो लगाईदिने चेतावनी



काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस पोष्ट गर्दै सिंहदरबारमा नै आगो लगाइदिने चेतावनी दिएका हुन् ।

उनले सरकारले महानगरपालिकाको गाडी रोकेको भन्दै भोलिदेखि कुनै पनि गाडी रोके सिंहदरबारमा आगो लगाइदिने उल्लेख गरेका छन् ।

सामाजिक सञ्जालमा बालेनले लेखेका छन्, ‘आजको लागी केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार !’

स्रोतका अनुसार शनिबारको सार्वजनिक बिदाका दिन मेयर बालेनले प्रयोग गर्ने गरेको सरकारी गाडीमा बालेन पत्नी तीजको दरखाने कार्यक्रममा अन्य केही महिलाहरु सहित जाँदै गरेको अवस्थामा प्रहरीले केहीबेर सोधपुछ गरेको थियो।

सार्वजिक बिदाको दिन सरकारी गाडीमा असम्बन्धित मान्छे चढेर गुडाएको भन्दै प्रहरीले रोकेर केहीबेर केरकार गरेर छाडिदिएको विषयमा आक्रोश पोख्दै बालेनले स्टाटस पोष्ट गरेको स्रोतको दाबी छ ।

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  १० : २० बजे

बझाङमा कांग्रेसलाई माओवादीले उछिन्यो, एमालेको अग्रता कायमै

काठमाडौं । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको

२ करोडको लगानीमा बुटवलको मिलनचोकमा खुल्यो महालक्ष्मी स्वीट्स

बुटवल । बुटवलको मिलनचोकमा गुणस्तरीय, शुद्ध मिठाई र शुद्ध शाकाहारी

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत र बङ्गलादेशका

प्रधानमन्त्रीको दाबी – ९८ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगिसक्यो

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ९८ प्रतिशत जनसंख्या विद्युतको पहुँच

बझाङमा दोब्बर मतले एमालेको अग्रता कायमै

चैनपुर । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको