२३ माघ २०८२, शुक्रबार | February 6, 2026

महासचिव पोखरेलको नेतृत्वमा एमाले उच्चस्तरीय टोली चीन प्रस्थान



काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेल २२ सदस्यीय टोलीको नेतृत्व गर्दै आज चीन भ्रमणमा गएका छन । १२ दिने भ्रमणका लागि शनिबार राति महासचिव पोखरेल नेतृत्वको टोली चीन प्रस्थान गरेकाे केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा पोखरेल नेतृत्वको टोली १२ दिने भ्रमणका लागि शनिबार राति चीनतर्फ प्रस्थान गरेकाे र साे भ्रमण टोलीमा पार्टी स्थायी समिति सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराई, स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमलगायत केन्द्रीय तहका नेता सहभागी रहेका छन ।

भ्रमण टोलीले चीनका तीन मुख्य शहर छोङछिङ, बेइजिङ र छिङहाइको भ्रमण गर्ने र सो क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरका नेतासँग भेटवार्ता हुने प्रमुख गौतमले जानकारी दिएका छन् ।

भेटमा नेपाल र चीनको द्विपक्षीय सम्बन्धका विविध पक्ष र नेकपा (एमाले) र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) बीचको पार्टीगत सम्बन्धका विभिन्न आयामबारे छलफल हुने उनले बताए ।

भ्रमण टोलीका सदस्यहरु :

१. शंकर पोखरेल, महासचिव

२. डा. राजन भट्टराई, स्थायी कमिटी सदस्य, परराष्ट्र मामिला विभाग प्रमुख

३. राजेन्द्रप्रसाद गौतम, स्थायी कमिटी सदस्य, प्रचार तथा प्रकाशन विभाग प्रमुख

४. ज्वालाकुमारी साह, पोलिटब्युरो सदस्य/प्रतिनिधिसभा सदस्य

५. रामबहादुर मगर (राम राना), केन्द्रीय सदस्य/कोशी प्रदेशसभा सदस्य

६. टुकाभद्र हमाल, केन्द्रीय सदस्य तथा अध्यक्ष, अखिल नेपाल महिला संघ

७. सहदेव बोगटी, केन्द्रीय सदस्य

८. निरजप्रसाद आचार्य, केन्द्रीय सदस्य

९. मञ्जुदेवी गुरुङ, केन्द्रीय सदस्य तथा उपमेयर, पोखरा महानगरपालिका

१०. अजयकुमार गुप्ता, केन्द्रीय सदस्य

११. रचना खड्का, केन्द्रीय सदस्य

१२. भगवती थापा क्षेत्री, केन्द्रीय सदस्य

१३. मानवीर राई, केन्द्रीय सदस्य/प्रतिनिधिसभा सदस्य

१४. कपिलदेव पोखरेल, केन्द्रीय सदस्य

१५. लक्ष्मणकुमार शर्मा, महासचिव, जिफन्ट

१६. पिताम्बर भूषाल, अध्यक्ष, अर्घाखाँची जिल्ला कमिटी

१७. क्षितिज थेवे, अध्यक्ष, राष्ट्रिय युवा संघ नेपाल

१८. समिककुमार बडाल, अध्यक्ष, अनेरास्ववियु

१९. गोपाल खनाल, सदस्य, परराष्ट्र मामिला विभाग

२०. हुमाकुमारी डीसी, प्रदेश कमिटी सदस्य/उपमेयर घोराही उपमहानगरपालिका

सचिवालय

२१. राजेश राई

२२. सरोजकुमार रेग्मी

प्रकाशित मिति : १७ भदौ २०८०, आइतबार  ७ : ४९ बजे

भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह

कोलम्बो । श्रीलङ्का क्रिकेटले अर्को हप्ता कोलम्बोमा भारतविरुद्ध हुने टी-२०

‘बदलिएको कांग्रेसले मुलुकलाई पनि बदल्छ’

बुटवल । युग अनुसार बदलिएको कांग्रेसले मुलुकलाई पनि बदल्ने काँग्रेस

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत ८४ लाख ४० हजार मतपत्र छपाइ

काठमाडौं । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अर्थात् प्रत्यक्ष

वीरगञ्जमा झगडा हुँदा एक जनाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगर-१३ राधेमाईस्थित कर्बोला अगाडि मोटरसाइकल पार्किङको विषयमा

राष्ट्रियसभाबाट राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाबाट ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन)