२९ माघ २०८२, बिहिबार | February 12, 2026

नबिलले ल्यायो विशेष तीज अफर



काठमाडौं । नजिकिँदै गरेको नारीहरूको  चाड तीजलाई लक्षित गर्दै नबिल बैंकले आफ्ना महिला ग्राहकका लागि विशेष तीज अफर बजारमा ल्याएको छ ।

यस अफर अन्तर्गत नबिल बैंकको “नबिल प्रिमियम नारी बचत खाता” खोले बापत महिला ग्राहकले पहिलो वर्ष डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ निःशुल्क प्रयोग गर्न सक्नेछन् । साथै यस अफर अन्तर्गत पहिलो वर्षको वार्षिक लकर शुल्क पनि निःशुल्क गरिएको छ । सीमित अवधिलाई ल्याइएको यस अफर अन्तर्गत, नारी ग्राहक वर्गले असोज १५, २०८० गते सम्ममा “नबिल प्रिमियम नारी बचत खाता” खोली माथि उल्लेखित सुविधा प्रयोग गर्न सक्नेछन् ।

नबिल बैंक नेपालको निजी क्षेत्रको एक अग्रणी बैंक हो । नबिलले १८ लाख भन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २ सय ६५ शाखा र २ सय ९८ एटिएम मेसिनहरूबाट सेवा प्रदान गर्दै आएको छ । नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा उदाहरणीय काम गर्दै आएको छ ।

प्रकाशित मिति : १७ भदौ २०८०, आइतबार  ५ : ४४ बजे

बदलिएर आएको काँग्रेस चुनावबाट पहिलो दल बन्छ : उपसभापति विश्वप्रकाश शर्मा

बुटवल । नेपाली काँग्रेसका उपसभापति विश्व प्रकाश शर्माले बदलिएर आएको

कार्यसम्पादन मूल्यांकनमा बुटवल उपमहानगर पहिलो, इटहरी सबैभन्दा पछाडी

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले देशभरका ११

बुटवलबासीसंग चीरपरिचित छु ,यहाँका समस्या समाधान गर्छु : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली काँग्रेस क्षेत्र नं. २ रुपन्देही अन्तर्गत बुटवल

रुपन्देहीमा शुक्रबारदेखि सातौँ खड्गप्रसाद गौचन स्मृति यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदै

बुटवल । उमेर समूहका खेलाडीलाई प्रतिस्पर्धात्मक मञ्च उपलब्ध गराउने उद्देश्यसहित

टी-२० विश्वकपमा नेपालको निराशाजनक प्रदर्शन, इटालीसँग १० विकेटले पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत बिहीबार सम्पन्न खेलमा नेपाल