१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

आजको मौसम : गण्डकी र लुम्बिनीमा बिहानैदेखि वर्षा, दिउँसो यी भू–भागमा हुनेछ भारी वर्षा



काठमाडौं । केही प्रदेशमा आज भारी वर्षाको सम्भावना रहेको छ । विभिन्न प्रदेशमा आज मौसममा बदली र वर्षाको सम्भावना रहेको हो ।

बिहान गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रहेको छ । बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी भू-भागका थोरै भू-भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, मधेस, वाग्मती र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको विभागको भनाइ छ ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पहाडी भू-भागका थोरै स्थानमा तथा बाँकी भू-भागको एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

सोमबार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ । साथै बंगालको खाडीको उत्तर-पूर्वी भागमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ ।

प्रकाशित मिति : १८ भदौ २०८०, सोमबार  ७ : ०३ बजे

निजी क्षेत्रको आत्मविश्वास फर्काउने विषय चुनौतीपूर्ण

काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

२७ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट

बुटवल उद्योग वाणिज्य संघको ७३ औं स्थापना दिवस : पूर्वअध्यक्ष लाकौललाई सम्मान

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले संघका पूर्वअध्यक्ष निर्मलप्रसाद

चितवन-३ मा कस्तो छ चुनावी माहोल ?

चितवन । चितवन क्षेत्र नं ३ का नेपाली कांग्रेस र

बजेटलाई यथार्थपरक ‘साइज’मा ल्याउन मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले योजना तर्जुमा