१० चैत्र २०८२, मंगलबार | March 24, 2026

लुम्बिनी प्रादेशिक अस्पताललाई नमूना बनाउन सामुहिक पहल गरौं : अध्यक्ष श्रेष्ठ



बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले सबैको सामुहिक पहलबाट अस्पतालको विकास तथा स्तरोन्नती सम्भव भएको बताएका छन् ।

सामुहिक पहलले मात्रै अस्पताल नमूनाको रुपमा बिकास हुन सक्ने उनले बताए । अस्पतालमा सेवाग्राहीको चाप बढ्दै गएपनि सीमित जनशक्ति र स्रोत साधनले सेवा प्रदान गर्न कठिनाई भैरहेको उल्लेख गरे । सेवा ग्राहीको चापसँगै १५ सय बढी जनशक्ति आवश्यक पर्ने अस्पतालमा ७ सय कर्मचारीले सेवा दिनुपर्दा समस्या भैरहेको उल्लेख गरे ।

अस्पतालको कर्मचारी युनियनका नयाँ निर्वाचित पदाधिकारीलाई स्वागत गर्दै अध्यक्ष श्रेष्ठले उनीहरुको समस्या समाधानका लागि अस्पताल प्रशासन गम्भिर रहेको उल्लेख गरे । प्रदेश सरकारले प्रयाप्त बजेट व्यवस्था नगर्दा कर्मचारीको व्यवस्थापन, उनीहरुको सेवा सुविधा तथा सेवाग्राहीलाई स्तरीय सेवा प्रदान गर्न कठिनाई भएको उल्लेख गरे ।

स्वागत कार्यक्रममा बोल्दै लुम्बिनी प्रादेशिक अस्पताल बिकास समिति कर्मचारी युनियनका अध्यक्ष तिलक गौतमले अस्पताका सबै काममा कर्मचारी युनियनको साथ सहयोग रहेको र निरन्तरता रहने बताए । उनले विकास समितिका कर्मचारीहरुको लामो समयदेखि विभिन्न समस्या रहेको र त्यसलाई समाधान गर्न अध्यक्षसँगआग्रह गरे ।

कर्मचारी युनियनका सचिव दिपेन्द्र पौडेलले अस्पतालको ईर्मेजेन्सी गाईने ओपीडी ईएचएसमा उपचारमा समस्या रहेकोले बिकास समितिले त्यसलाई समाधान गर्न लाग्नु पर्ने बताए । त्यस्तै सह सचिव ईन्द्र राईले कर्मचारीको संचयकोष, दरबन्दी बृद्धि लगायतका कुरमा ध्यान दिन बिकास समितिलाई आग्रह गरे । स्वागत कार्यक्रममा उपाध्यक्ष कमल लामिछाने, भगबती पान्डे लगायले बोल्दै अस्पतालको विकासमा सबैले हातेमालो गर्नुपर्ने बताएका थिए ।

प्रकाशित मिति : १८ भदौ २०८०, सोमबार  ९ : २० बजे

ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, जवाफको प्रतीक्षामा निगम

काठमाडौं । इरानमाथि अमेरिका र इजरायलले संयुक्त रूपमा हवाई कारबाही

२३ अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । यो साता कारोबारको लगातार तेस्रो दिन नेपाल स्टक

झापामा ‘बर्ड फ्लु’ देखियो, पंक्षीजन्य वस्तु ओसारपसारमा रोक

झापा । झापाका दमक नगरपालिका र झापा गाउँपालिकामा व्यावसायिक रूपमा

यस्तो छ सभापति थापाले प्रस्ताव गरेको १५ औं महाधिवेशनको कार्यतालिका

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा सभापति गगन

आफ्नो देशको आणविक कार्यक्रम अपरिवर्तनीय : किम जोङ उन

सियोल । उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम कुनै हालतमा नछोड्ने