१६ बैशाख २०८१, आइतबार | April 28, 2024

हट्यो बालेनको ‘स्टाटस’



काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले ‘सिंहदरबार जलाउने’ विवादित स्ट्याटस सामाजिक सञ्जालबाट हटाएका छन् । उनले दाबी गरे जस्तो प्रहरीबाट लामो समय उनको गाडी र बालेन पत्नीसँग केरकार गरेको पुष्टि नभएपछि बालेनले चुपचाप स्टाटस हटाएका छन् ।

बालेनको सो स्टाटसको चौतर्फी आलोचना भएपछि उनले आफ्नो सचिवालय मार्फत ट्राफिक प्रहरीबाट दुर्ब्यवहार भएको भन्दै विज्ञप्ति जारी गर्न लगाएका थिए । तर प्रहरीले त्यसको प्रतिबाद गर्दै कुनै दुर्ब्यवहार नगरेको बताएपछि बालेनले स्टाटस हटाएका हुन् ।

शनिबार साँझ आफ्नो पत्नी सवार सवारीलाई ट्राफिक प्रहरीले चेकिङका क्रममा रोकेपछि आक्रोशित बनेका शाहले अब आइन्दा आफ्नो गाडी रोके सिंहदरबारमा आगो लगाउने चेतावनी दिएका थिए ।

उनका समर्थकहरुले सुत्केरी हुन अस्पताल जाँदै गरेको अवस्था भन्दै उनको पक्षमा लबिङ गरेपनि अस्पताल एनआइसीयूमा रहेको बच्चालाई दुध खुवाउन सरकारी गाडीमा अस्पताल गएको र सामान्य अवस्थामा घर फर्कने क्रममा प्रहरीको चेकजाँचमा परेको बालेनको सचिवालयले प्रकाशित गरेको विज्ञप्तिमा स्वीकार गरिएको छ ।

जिम्मेवार ओहदामा बसेको व्यक्तिले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै शाहको आलोचना भएको थियो ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  ११ : १६ बजे

बझाङमा दोब्बर मतले एमालेको अग्रता कायमै

चैनपुर । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको

नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु

अबुजा । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा

नेपाल वेस्ट इन्डिज ए सँग १० रनले पराजित

काठमाडौं। वेस्ट इन्डिज ए ले नेपाललाई पराजित गरेको छ ।

इलाम-२ मा कांग्रेसका खड्काको अग्रता कायमै, सुहाङले घटाए दुरी

इलाम । इलाम (२ को मत गणनाको पहिलो अपडेट आएको

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा

काठमाडौं । राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको लगानी सम्मेलनलाई