१९ पुस २०८२, शनिबार | January 3, 2026

आजको मौसम : लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना



काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखाको पश्चिमी भू-भाग सरदर स्थानको उत्तरतिर अवस्थित छ र पूर्वी भू-भाग सरदर स्थानको दक्षिणतिर अवस्थित छ ।

साथै बंगालको खाडीको उत्तर-पश्चिम भागमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको विभागले जनाएको छ । आज (मंगलबार) बिहानसम्म देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । बागमती र कर्णाली प्रदेशका एकरदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

महाशाखाका अनुसार मंगलबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : १९ भदौ २०८०, मंगलबार  ६ : ४२ बजे

डा. निकोलस भुसाल र हरिश विष्टले ११ औं दिनमा तोडे अनसन

काठमाडौँ । डा. निकोलस भुसाल र हरिश विष्टले अनसन बसेको

अवतरणका क्रममा बुद्ध एयरको विमान भद्रपुर विमानस्थलको रनवेमा चिप्लियो

झापा । बुद्ध एयरको विमान भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा

पुस ३० गतेबाट नेपालगन्जमा व्यापार महोत्सव

नेपालगन्ज । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको आयोजना

‘पर्यटन क्षेत्रको विकासका लागि भरतपुर–लुम्बिनी–पोखरालाई जोड्न जरुरी’

चितवन । सरोकारवालाले तीन पर्यटकीय गन्तव्य भरतपुर–लुम्बिनी–पोखरालाई जोडेर पर्यटन विकास

निर्वाचन रोक्ने बहाना स्वीकार्य छैन : योगेश भट्टराई

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का उपमहासचिव योगेश भट्टराईले आगामी