१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

जी–२० शिखर सम्मेलनमा सहभागी हुन अमेरिकी राष्ट्रपति बिहीबार भारत पुग्दै



नयाँदिल्ली । अमेरिकी राष्ट्रपति जो बाइडेन बिहीबार भारत आइपुग्दैछन् ।

जी–२० शिखर सम्मेलनमा सहभागी हुनका लागि अमेरिकन राष्ट्रपति वाइडेन भोलि बिहीबार भारत आउन लागेका हुन ।

अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) जेक सुलिभानले ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् । उनले भारत भ्रमणका क्रममा राष्ट्रपति बाइडेनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन भने राष्ट्रपति द्रौपदी मुर्मुसँग पनि भेटवार्ता गर्नेछन ।

भारत आउने अन्तिम तयारीमा रहेका राष्ट्रपति वाइडेनको कोभिड–१९ परीक्षणको रिपोर्ट नेगेटिभ आएको जनाईएको छ । अमेरिकाकी प्रथम महिला ७२ वर्षीय जिल बाइडेनलाई सोमबार कोभिड पोजिटिभ भेटिए पछि ८० वर्षीय बाइडेनको सोमबार र मंगलबार परीक्षण गरिएको थियो । र उनको रिपोर्ट नेगेटिभ आएको थियो ।

जेक सुलिभानले भने कि बिहीबार राष्ट्रपति बिडेन जी २० शिखर सम्मेलनमा भाग लिन नयाँ दिल्ली जानेछन्। शुक्रबार उनी प्रधानमन्त्री मोदीसँग द्विपक्षीय बैठकमा सहभागी हुनेछन् भने शनिबार र आइतवार जी–२० शिखर सम्मेलनको आधिकारिक सत्रमा सहभागी हुनेछन् ।

प्रकाशित मिति : २० भदौ २०८०, बुधबार  ७ : ५६ बजे

मतदान अधिकृतका लागि प्रशिक्षण सुरु

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा मतदान अधिकृत र

फागुन १५ गतेभित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन

काठमाडौँ । सरकारले जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूको विवरण उपलब्ध

रौतहटमा पुनः कर्फ्यु कडाइका साथ लागू, झडपमा संलग्न २० जना पक्राउ

काठमाडौं । रौतहट जिल्ला प्रशासन कार्यालयले आइतबार बिहान ८:३० बजेदेखि

गुल्मीमा हवाई उडान कटौती, अब सातामा तीनपटक मात्र

गुल्मी । यहाँको रेसुङ्गा विमानस्थलमा अबदेखि सातामा तीनपटकमात्र हवाई उडान

मनहरीको बिजौनामा यात्रुवाहक बस दुर्घटना, २२ जना यात्रु घाइते

बागमती । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका-७ बिजौनास्थित सडकमा आज