१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

खजुरा क्यान्सर अस्पतालमा ब्लड बैंक संचालन



खजुरा । खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा ब्लडबैंक संचालनमा आएको छ । जटिल शल्यक्रिया भएपनि ब्लबबैंक नहुँदा समस्या हुँदै आएकोमा अस्पतालमा बैंक स्थापना भएपछि उपचार गर्न आउने बिरामीलाई सहज भएको छ ।

खजुरा गाँउ पालिकाको आर्थिक सहयोगमा नेपाल रेडक्रसको बाँके शाखाको प्राबिधिक सयोगमा स्थापना भएको ब्लड बैंकको नेपाली कांग्रेसका सह–महामन्त्री एवम् बाँके ३ का संघीय सांसद किशोर सिंह राठौरले मंगलबार उद्घाटन गरे ।

उद्घाटनकार्यक्रमलाई सम्बोधन गर्दै सांसद राठौरले बाँके जिल्लामा कुनैपनि पालिकाहरुले पालिकागत अस्पताल निर्माण गरिरहनु पर्ने आवश्यकता नभएको बताए । क्यान्सर अस्पताललाई नै व्यवस्थित गरि त्यहींबाट सबैले सेवा लिन उनले सुझाव दिए । पछिल्लो समय क्यान्सर अस्पतालबाट विरामीले गुणस्तरिय सेवा पाईरहेको जनाउँदै उनले थप व्यवस्थित बनाउन आफ्नो पूर्ण सहयोग रहने प्रतिबद्धता ब्यक्त गरे ।

यस क्षेत्रमा ४८ वर्षदेखि नभएको विकास १० वर्षमा आफुले गरेर देखाउने दाबी गर्दै आफु साँसद पदमा नरहँदा पनि क्यान्सर अस्पताललाई अगााडी बढाउन सधैं लागि पर्ने जनाए । ‘विरामीको सेवा गर्नु, खान नपाएकालाई खान दिनु धर्म हो, मन्दिरमा ढोगेर धर्म हुँदैन ।’ राठौरले भने ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभाका सभासद बादशाह कुर्मीले अस्पतालको विकासमा सबै राजनितिक दल र समाजका अगुवाहरुले मिलेर काम गर्नु पर्ने बताए । ‘अस्पतालको विकासमा हामीले राजनिति गर्न जरुरी छैन । यसको विकासका लागि यस क्षेत्रका जनताले धेरै ठुलो योगदान गर्नु भएको छ । अब हामीसबै मिलेर यसको स्तर उन्नतीमा लाग्नुपर्छ ।’ उनले भने ।

सुशिल कोइराला क्यान्सर अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्लले सम्पूर्ण स्वास्थ्यकर्मीलाई उक्त अस्पतालमा सेवा लिन आउने विरामी आफ्नै आमा बुवा र परिवारजस्तो ठानेर सेवा दिन अनुरोध गरे । आफुले विश्व विद्यालयबाट सिकेको ज्ञान प्रयोग गर्ने प्रयास गरिरहेको मल्लले बताए । मल्लले अस्पतालको विकास हुनुमा सम्पूर्ण खजुरा बासिको ठूलो सहयोग रहेको भन्दै खजुराबासिलाई धन्यवाद समेत दिका थिए ।

पश्चिम नेपालकै पहिलो क्यान्सर अस्पताल खजुरा क्यान्सर अस्पतालले गुणस्तरिय सेवा दिन थालेपछि चितवनको भरतपुर क्यान्सर अस्पताल, भारतको बिभिन्न अस्पताल पुग्न बाध्य बिरामीहले खजुराबाट सेवा लिन थालेका छन् ।

रगत अभावमा कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस भन्नका लागि क्यान्सर अस्पतालमै ब्लड बैंक स्थापना गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. निरज भट्टराईले बताए । उनले रगतको लागि खजुराका बिरामीहरु नेपालगन्ज आउनुपर्ने बाध्यता रहेकोमा अस्पतालमा ब्लड बैंक स्थापना भएपछि सो समस्याको समाधान भएको बताए । आउने दिनहरुमा बिरामीले रगतका लागि अन्यत्र जान नपरोस् र यही अस्पतालबाटै सजिलै रगत उपलब्ध गराउन सकियोस भन्ने उद्देश्यले ब्लड बैंक स्थापना गरिएको भन्दै उनले धेरै भन्दा धेरै रगत दान गरेर ब्लड बैंकलाई सफल बनाउन स्थानीबासीलाई आग्रह गरे ।

अस्पतालमा स्थायी कर्मचारीको दरबन्दि नहुँदा करारमा कर्मचारी आउने र छोटो समयमै छोडेर जाने प्रवृत्ती बढेकाले उपचारमा केही समस्या भएको डा. भट्टराईले बताए जानकारी दिए ।

र्बैंक स्थापनाको अवसरमा गरिएको रक्तदानमा खजुरा युवा सञ्जाल सहितको स्थानीयले ३० पिन्ट रगत दान गरेका छन् । सञ्जाल आवद्ध युवाहरुमात्र १५ पिन्ट रगत दान गरेको क्लवका अध्यक्ष कल्पना तामाङले जानकारी दिइन् ।

नेपाल रेडक्रस सोसाईटी बाँकेको प्राविधिक सहयोग, खजुजा गाउँपालिका र अस्पतालको आर्थिक सहयोगमा ब्लड बैंक संचालनमा आएपछि क्यान्सर रोगका बिरामीलाई अब नेपालगन्ज र कोहलपुर आउनु पर्ने बाध्यता हटेको छ ।

ब्लड बैंक स्थापनाको उदघाटन कार्यक्रममा खजुरा गाउँपालिका अध्यक्ष डम्बर बिक, जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँ, खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्ल, लगायत आ–आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : २० भदौ २०८०, बुधबार  ९ : १४ बजे

जापान जाने विद्यार्थीलाई लक्षित निःशुल्क सुशी तालिम

बुटवल । जापान जाने तयारीमा रहेका नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै

सदनमा देखिने छन् अधिकांश नयाँ विधायक

काठमाडौँ । प्रतिनिधिसभा सदस्यमा आज पद तथा गोपनीयताको शपथ लिने

लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा उत्कृष्ट

बुटवल । यहाँको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल सेवा तथा सुविधाका

जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति

काठमाडौँ । नेपाल बार एसोसिएसनले गत भदौ २३ र २४

मातृभाषामा शपथ खाने साँसदहरुको संख्या ६३ पुग्यो

काठमाडौं । संघीय संसद अन्तर्गत नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरु मध्य ६३