१० चैत्र २०८२, मंगलबार | March 24, 2026

अर्थतन्त्रलाई चलायमान बनाउन ‘भरतपुर भ्रमण वर्ष’



चितवन । आन्तरिक र विदेशी पर्यटकलाई भित्र्याउन सकेमा सुस्ताएको अर्थतन्त्र चलायमान हुने आज यहाँ आयोजित एक कार्यक्रमका सहभागीहरुले धारणा राखेका छन् । भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा आज यहाँ आयोजना गरेको छलफलमा सहभागीले कोभिडसँगै सुस्ताएको अर्थतन्त्र पर्यटनमार्फत चलायमान बनाउनुपर्ने बताएका हुन् ।
स्वदेशीसँगै विदेशी पर्यटक भित्र्याउन अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्नुपर्नेमा उनीहरुको जोड थियो । कार्यक्रममा बागमती प्रदेशका पर्यटन, उद्योग तथा सहकारीमन्त्री पुष्कर महर्जनले भरतपुरको भ्रमण वर्ष बागमती प्रदेशको समेत भ्रमण वर्ष भएकाले यसलाई सफल बनाउन प्रदेशले आवश्यक सहयोग गर्ने बताए ।
नेपालमै भौतिक निर्माणमा अग्रणी रहेको भरतपुरमा भ्रमण वर्षमा पर्यटक भित्रिँदै गर्दा यहाँको आर्थिक गतिविधि चलायमान हुने उजको भनाइ थियो । भारतीय पर्यटक भित्र्याउनेमा आफूहरु लागिरहेको भन्दै उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा प्रचारमा लाग्नुपर्ने बताए ।
सोही समयमा बागमती प्रदेशले समेत भ्रमण वर्षको आयोजना गरेकाले यहाँको गतिविधिले समग्र प्रदेशलाई नै फाइदा पुग्ने उनको भनाइ छ । कार्यक्रममा भरतपुर महानगर प्रमुख रेनु दाहालले भ्रमण वर्षमा विदेशी पर्यटकलाई समेत भित्र्याएर ठप्प रहेको अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने बताईन् । पालिकास्तरमा पहिलोपटक भ्रमण वर्ष मनाउन लागेको भन्दै उनले कसरी हुन्छ पर्यटक भित्र्याउनेमा सबैलाई एकजुट भएर लाग्न आग्रह गरिन् । चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकलाई बाघ र गैँडा देखाएर मात्रै पठाउने गरी तयारी थालेको उनले बताइन् ।
ऐतिहासिकस्थल दियालो बङ्गला खुल्ला गरी हेर्ने वातावरणका लागि गृहकार्य भइरहेको भन्दै उनले ठोरी भन्सार नियमित सञ्चालन गरेर भारतीय पर्यटक भित्र्याउने विषयमा कुराकानी भइरहेको जानकारी दिइन् । महानगरले भ्रमण वर्ष मनाउँदै गर्दा प्रमुख सडक मर्मत गरिने भन्दै उनले राष्ट्रियस्तरका गतिविधिहरु भरतपुरमा केन्द्रित गर्न सबैलाई आग्रह गरिन् ।
महानगरका उपप्रमुख चित्रसेन अधिकारीले महानगरभित्र सातवटा मुख्यसहित ३० वटा गन्तव्य रहेको भन्दै भ्रमण वर्षको तयारी तीव्र रुपमा भइरहेको बताइन् । प्रदेश र सङ्घसँग समन्वय गरी भ्रमण वर्षलाई सफल बनाउन विभिन्न समिति बनाएर काम गरिएको उनको भनाइ थियो । महानगरका पर्यटनविज्ञ डा विश्व सुवेदीले हालसम्म भएका गतिविधिका बारेमा जानकारी गराउँदै वार्षिक ३० हजार पर्यटक भित्रिने गरेको भरतपुरमा यो सङ्ख्या दुई लाख पु¥याइने बताए ।
विश्वका ५२ राष्ट्रमा भ्रमण वर्षका बारेमा जानकारी गराइएको उनको भनाइ थियो । कार्यक्रममा सहभागीहरुले भ्रमण वर्षलाई लक्षित गरी विभिन्न सुझावहरु दिएका थिए । सन् २०२४ को जनवरीबाट डिसेम्बरसम्म विभिन्न कार्यक्रमको आयोजना गरी भ्रमण वर्ष मनाइँदै छ ।

प्रकाशित मिति : २२ भदौ २०८०, शुक्रबार  ५ : १६ बजे

चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ तालिमप्राप्त कुकुर परिचालन

चितवन । चितवन राष्ट्रिय निकुञ्जले सुरक्षाका लागि प्रविधिको प्रयोगमा ल्याएको

रवि लामिछानेसम्बन्धी मुद्दा फिर्ता निर्णयविरुद्ध रिटमा आज पनि सुनुवाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

डाँडाखेत-राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण, तारमुनिका जग्गाधनीलाई पनि क्षतिपूर्ति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणद्वारा यहाँ निर्माणाधीन १३२ केभी क्षमताको

पर्वतमा ‘बोलेरो जीप’ दुर्घटनामा चालकको मृत्यु

पर्वत । कालीगण्डकी लोकमार्ग अन्तर्गत फलेवास नगरपालिका-४ मुडिकुवास्थित कुश्मा-फलेवास सडकस्थित

मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै

महोत्तरी । महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई