२८ पुस २०८२, सोमबार | January 12, 2026

आजको मौसम : लुम्बिनीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना



काठमाडौं । पाँचवटा प्रदेशमा आज बिहानैबाट वर्षा भइरहेको छ । कोसी, मधेस, वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागले दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने बताएको छ । वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । मधेस प्रदेशसहित वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

शनिबार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर छ । नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव पनि रहेको छ ।

प्रकाशित मिति : २३ भदौ २०८०, शनिबार  ७ : १३ बजे

कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण

बेलायत । “शरीरको कुनै अंगमा खोट हुँदैमा जीवन निरर्थक हुँदैन”,

३०४ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस बुटवलमा दीप प्रज्वलन र चियापानसहित मनाइयो

बुटवल । ३०४ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा

नेपाली विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह आज प्रक्षेपण गरिँदै

ललितपुर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठानले स्वदेशमा नै विकसित

विशेष महाधिवेशनको बन्दसत्र आज, बिहान १० बजेदेखि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत बन्दसत्र सोमबार

त्रिशूलीमा भेटिएको बसको आज पनि उत्खनन

तनहुँ । तनहुँको आबुँखैरेनी गाउँपालिका-५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला