१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

महाधिवेशनले चाहेमा नेता, नीति र विधान सबै परिवर्तन गर्न सक्छ : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी राजनीतिको सर्वोच्च निर्णय गर्ने निकाय महाधिवेशन रहेको बताउँदै महाधिवेशनले चाहेमा नेता, नीति र विधान सबै परिवर्तन गर्न सक्ने स्पष्टिकरण दिएका छन्।

विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले हलले गर्ने निर्णयलाई सबैले स्वीकार गरेर अघि बढ्नु पर्ने आवश्यकता औंल्याए। उनका अनुसार कांग्रेस पार्टीमा महाधिवेशनभन्दा ठूलो शक्ति अरु कुनै पनि छैन।

थापाले विशेष महाधिवेशनको नेतृत्व आफ्नो व्यक्तिगत लोभ र लालचका कारण नरहेको प्रष्ट पार्दै सभापति शेरबहादुर देउवा सहित शीर्ष नेताहरूलाई गम्भीर भएर यथार्थ बुझ्न आग्रह गरे। महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई पनि ‘ठण्डा दिमागले सोचेर भोलिका दिनका लागि ठोस निर्णय गर्न’ आग्रह उनले गरे।

पार्टीलाई सही बाटोमा लैजान विशेष महाधिवेशन आयोजना गरिएको उल्लेख गर्दै थापाले त्यसका लागि आफूहरू हार्न पनि तयार रहेको बताए। उनका अनुसार कांग्रेस ठीक भए देश स्वतः सही दिशामा अघि बढ्छ।

कांग्रेसमा कोही बा छैनन्
उनले कांग्रेसभित्र ‘बा’को संस्कृति नरहेको बताउँदै पार्टी दास वा लाशको नभई जिउँदो कार्यकर्ताको पार्टी भएको टिप्पणी गरे। प्रश्न गर्न नडराउने संस्कृतिले नै पार्टीलाई सबल बनाउने उनको भनाइ थियो। सबै सदस्य बराबरी भएको र माथि रहेका नेताहरूले तलका कार्यकर्तालाई सम्मान गर्नुपर्ने धारणा पनि उनले राखे।

थापाले पार्टीभित्र अहिले सत्ताको हैन, मूल्य र मान्यताको वास्तविक संघर्ष भइरहेको बताए। चुनाव एकसँग मिलेर लड्ने, सरकार अर्को गठबन्धनसँग बनाउने र सत्ताबाट बाहिरिएपछि सबै जस्तो समाप्त भएको व्यवहारका कारण कार्यकर्ताले प्रश्न उठाएको उनको भनाइ थियो।

भदौ २३ र २४ गते धेरै नागरिक सडकमा उत्रनु जनआक्रोशको संकेत भएको भन्दै थापाले सरकारले कुशासन, भ्रष्टाचार र ‘नेपो बेबी’ प्रवृत्ति नबुझेको आरोप लगाए। यही असन्तुष्टिलाई सम्बोधन गर्न विशेष महाधिवेशन आवश्यक भएको उनले बताए।

थापाले सभापति देउवालाई सबैभन्दा धेरै माया दुई महामन्त्रीले गरेको दाबी पनि गरे। देउवालालाई आराम गर्न सुझाव दिएको र रूपान्तरणमा सहयोग गर्न आग्रह गरेको स्मरण गर्दै उनले सभापतिको शिर उँचो रहने इतिहास निर्माणमा साथ दिन तयार रहेको बताए।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ७ : २० बजे

बाढी प्रभावितलाई पत्रकार महासङ्घ गुल्मीद्वारा एक लाख सहयोग

गुल्मी । नेपाल पत्रकार महासङ्घ गुल्मी शाखाले रसुवा बाढी प्रभावितलाई

प्रधानमन्त्री बालेन्द्रलाई पाकिस्तानी समकक्षीको फोन, आपत्कालीन राहत पठाउने प्रतिवद्धता

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्रीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन संवाद

भोटेकोसी बाढीमा बगेका ५३८ जनाको शव भेटियो

काठमाडौं । काठमाडौं, रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा