४ पुस २०८२, शुक्रबार | December 19, 2025

एनआरएनएको नेतृत्व गर्न भिजन लिएर अगाडि बढेको छुः आरके शर्मा



हङकङ। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए) का उपाध्यक्ष राजेन्द्रकुमार (आरके) शर्माले भिजन सहित नेतृत्व गर्न आफु तयार भएको बताएका छन ।

एनआरएनए एनसीसी हङकङले आयोजना गरेको अन्तरक्रियामा आगामी कार्यक्रमको लागि अध्यक्षका प्रत्यासी समेत रहेका शर्माले एनआरएनए नेतृत्वको लागि देश विकास गर्ने भिजन लिएर आफू अगाडि बढेको बताए ।

“एनआरएनएको नेतृत्व लिने तयारी मैले पैसालाई साथ लिएर गरेको छैन,” शर्माले हकङकङका एनआरएनए अभियन्ताहरूसँगको छलफल कार्यक्रममा भने, “मेरो भिजन भनेको विदेशमा बस्ने केही हजार नेपालीलाई होइन, लाखौँ श्रमिक नेपालीलाई धनी बनाउने हो र उनिहरुलाई स्वदेश फर्काउने नै रहेको छ ।”

शर्माले मध्यपूर्वलाई क्षेत्रीय संयोजक मात्र दिए हुन्छ, उपाध्यक्ष दिए हुन्छ अध्यक्ष पर्दैन भन्ने नसोच्न समेत सबै अभियन्तालाई अनुरोध गरेका छन् ।

“२० वर्ष अगाडि अभियानको सुरुवात अन्तर्गत रसियामा पहिलो एनसीसी खुले पछि दोस्रो कतारमा खुलेको हो,” शर्माले भने, “मैले मध्यपूर्वमा बस्ने श्रमिक हुन या अमेरिका बेलायतमा बस्ने डाक्टर हुन्, सबैलाई अपनत्व हुने गरेर नेतृत्व लिने तयारी गरेको छु।”

शर्माले श्रमिक वर्गको हित तथा देश विकासको लागि सरकारको सहभागितामा सामूहिक लगानी कोषको अवधारणा आफूले अगाडी बढाएको बताए । उनले अहिले वार्षिक १३ खर्ब रेमिट्यान्स भित्रने गरेकोमा त्यसलाई प्रोत्साहन गर्न सकेमा थप १० खर्ब रुपैयाँ औपचारिक माध्यमबाट भित्रने भन्दै सरकारको सहभागितामा प्राधिकरण गठन गर्नुपर्ने आवश्यक्ता रहेको औल्लाए ।

अहिलेसम्म अभियानले सामाजिक कामको नेतृत्व गरेको भन्दै शर्माले आफूले सामाजिक कामलाई निरन्तरता दिएर आर्थिक मुद्दामा एनआरएनएलाई हिडाउने मिसन बोकेको बताए ।

“खाडीका मलेसिया, कोरिया र युरोपमा बस्नेले सिप सिकेर फर्केका छन ,अमेरिकामा बस्ने डाक्टरलाई पब्लिक हेल्थको बारेमा जानकारी छ,” शर्माले भने, “हामीले सबै विदेश बस्ने नेपालीलाई अभियानमा जोडेर नेपाललाई विकसित बनाउने योजना नै हो।”

हङकङ एनसीसीले कोभिडको समयमा नेपालमा निकै ठूलो काम गरेको भन्दै शर्माले आफू स्वायत्त एनसीसीको पक्षमा रहेको जानकारी गराए ।

शर्माले गैरआवासीय नागरिकता जारी हुनु अभियानको उपलब्धी भएको भन्दै यसमा थप सुधार गर्दै लैजान आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरे । “गोर्खाजका मुद्दालाई टुंगोमा लग्न म जहिले पनि लागिरहेको छु,” शर्माले थपे, “यो टुंगोमा नपुग्दासम्म म तपाईँहरूसँग साथमा हुने छु ।”

अहिलेको कार्यसमितिका अध्यक्ष त्रय सम्मानित व्यक्तिहरू रहेकोले सहज निर्वाचन गरेर अरूलाई नेतृत्व हस्तान्तरण गर्नेमा आफू ढुक्क रहेको शर्माले बताए ।

एनआरएनएको विश्व सम्मेलन आगामी अक्टोबरको दोस्रो साता काठमाडौँमा हुदैँ छ । अध्यक्षका प्रत्यासी रहेका शर्मा विश्वभरका गैरआवासीय नेपाली अभियन्तासँग अन्तरक्रिया तथा सुझाव लिन हङकङ आइपुगेका हुन् । शर्माले यस अभियानका क्रममा एसिया, मध्यपुर्व, युरोप, अस्ट्रेलिया, अमेरिका क्षेत्रको स्थलगत अध्ययन गरेर गैर आवासीय नेपालीहरु र अभियन्ताहरुको सल्लाह सुझाव लिएर आगामी नेतृत्वको लागी तयार भएको बताएका छन ।

प्रकाशित मिति : २३ भदौ २०८०, शनिबार  ११ : २६ बजे

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा