२७ बैशाख २०८१, बिहिबार | May 9, 2024

क्यानडाबाट आरके शर्माको घोषणा : एनआरएनए आइसीसी चुनावमा डेलिगेट्स प्रथा हटाउँछु



क्यानडा । गैरआवासीय नेपाली संघ९एनआरएनए०का अध्यक्ष प्रत्याशी राजेन्द्रकुमार शर्माले आइसीसीमा निर्वाचनमा हुने डेलिगेट्स प्रथा २ वर्ष पछाडि हटाउने घोषणा गरेका छन् ।

एनआरएनए एनसीसी क्यानडाले गरेको अन्तरक्रिया कार्यक्रममा शर्माले अहिलेको डेलिगेट्स प्रणालीले समस्या निम्ताएको भन्दै २ वर्षपछि हुने निर्वाचनमा सम्पूर्ण पञ्जिकृत सदस्यबाट केन्द्रीय नेतृत्व चुनिनुपर्ने पक्षमा आफू रहेको बताए ।

“एनआरएनए नेतृत्व चयन विदेशमा बस्ने सबै नेपालीबाट गराउनुपर्छ भन्ने मेरो सोचाइ हो,”शर्माले क्यानडामा आयोजित कार्यक्रममा भने, “डेलिगेट्स प्रणालीले संस्थामा समस्या ल्याएको छ,त्यसको सुधार गर्न सबैले सदस्यले भोट हाल्ने व्यवस्था अध्यक्ष भएपछि लागू गर्छु।”

शर्माले आफू बशंजको नागरिकता निरन्तरताको पक्षमा रहेको निरन्तर त्यो पक्षमा लाग्ने प्रतिबद्धता क्यानडाका अभियन्तासँग गरेका छन् ।

“गैरआवासीय नागरिकता लामो समयपछिको निरन्तर लबिङपछि आएको एउटा उपलब्धि हो,” शर्माले भने, “यसले हामीलाई नेपालमा सम्पत्तिको सुरक्षा दिएको छ,यद्यपि वंशजको नागरिकताको लागि म निरन्तर लाग्ने छु।”

शर्माले अध्यक्षको रूपमा आफूले आर्थिक मुद्दालाई प्राथमिकता दिएको भन्दै गैरआवासीय अभियानलाई आर्थिक मुद्दालाई लैजानेमा जोड दिने बताए । “विदेशमा काम गर्न आएका सानो रकम बचत गर्ने नेपालीको पैसा भविष्यको लागि बचत हुने गरेर प्राधिकरण बनाउने योजना मेरो छ”, शर्माले आफ्नो एजेन्डा प्रस्तुत गर्दै भने, “सो प्राधिकरणबाट देश विकासमा लगानी गर्ने स्पष्ट योजना बनाएको छु।”

शर्माले रेमिट्यान्स रकमलाई सामूहिक लगानी प्राधिकरण बनाउने र त्यसमा सरकारले प्रोत्साहन स्वरूप २ प्रतिशत रकम दिने सो रकम ऊर्जा लगायतका विकास निर्माणमा लगाउने योजना आफ्ना एजेण्डामा राखेका छन् । अहिले वार्षिक रूपमा आउने रेमिट्यान्स १० प्रतिशतमात्र प्राधिकरणमा राख्दा एक खर्ब २० अर्ब रुपैयाँको स्रोत जुट्ने छ ।

शर्माले गैरआवासीय अभियान एकताबद्ध बनाउन आफू निरन्तर लागेको जानकारी दिए । शर्माले आफ्नो पहलमा विभाजन भएको एनआरएनए अभियानलाई एकताको सम्झौता गराएको र त्यसको आधारमा अगाडि बढ्नुपर्ने बताए ।

नेपालको विकास र गैरआवासीय नेपालीको हकहितको लागि आफूले सबै राजनीतिक दलसँग सहकार्य गरेको शर्माले बताए ।

“व्यक्तिगत रूपमा म कुनैपनि राजनीतिक दलको सदस्य छैन,”शर्माले भने,“सबै राजनीतिक दलसँग नेपालीको हकहितको लागि काम गरेको छु,सबै दलप्रति मेरो सम्मान छ ।”

क्यानडा जस्ता विकसित देशमा विज्ञको रूपमा रहेका गैरआवासीय नेपालीलाई नेपालको विकासमा जोड्न योजना आफूले अगाडि सारेको योजना शर्माले दिए । “विकसित देशहरूमा विज्ञको रूपमा कार्यरत गैरआवासीय नेपालीलाई नेपाल सरकार र सम्बन्धित मन्त्रालयमा जोड्नुपर्ने छ”, शर्माले थपे, “हामीले जानेको सिप अब नेपालको विकासको लागि आवश्यक छ।” यसबाहेक विज्ञहरूको सहयोगमा नेपालमा २० वर्षको जबको म्यापिङ गर्ने सो अनुसारको दक्ष जनशक्ति उत्पादनमा जोड दिएको शर्माले बताए ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  २ : ४७ बजे

नारायणगढ-मुग्लिन सडकमा चार पुल धमाधम बन्दै

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डका निर्माणाधीन सबै पुल आगामी कात्तिकसम्ममा सञ्चालन

प्रदेश प्रमुख खापुङद्वारा कोशीमा सरकार गठनको आह्वान

विराटनगर । कोशी प्रदेशमा प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको

पारस खड्काको चेतावनी- मेरो चरित्र हत्या गरियो, ढिलो चाँडो कानुनी दायरामा ल्याउछु

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले

लखनउमाथि सनराइजर्सको १० विकेटको जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले लखनउ