२१ मंसिर २०८२, आइतबार | December 7, 2025

रेडियो मुक्ति तीजगीत प्रतियोगितामा इङ्गुरिया दिदीबहिनी महिला समुह प्रथम



बुटवल । पहिले चोकचोक र चौपारीमा बसेर गाइने तिजका भाका र विभिन्न कार्यक्रमका लागी ठुला ठुला होटलहरु प्रयोग हुन थालेका छन् । अहिले शहर बजारमा समुहमा जम्मा भएर खुल्ला रुपमा तिजका भाकामा नाच्ने र गाउने परम्परा पनि गएको हराउदै छ ।

तिजपर्वलाई सबै नागरिकको पहुँचमा पुर्याउने उदेश्यले बुटवलमा रहेको महिलाहरु मात्रै आवद्ध रहेको सञ्चारसंस्था रेडियो मुक्ती बुटवलले बुटवल ट्राफिकचोकमा शुक्रबार खानेपानी, सरसफाई र स्वच्छता, समावेशी सहभागिता सहितको लैङ्गिक समानता बिषयक खुल्ला तिजगित प्रतियोगिता सम्पन्न गरेको छ ।

प्रतियोगितामा रुपन्देही र पाल्पाका गरी ७ टिमको सहभागीता रहेको थियो । प्रतियोगितामा इङ्गुरिया दिदिबहीनी आयआर्जन महिला समुह सैनामैनामाले प्रथम स्थान हासिल गरी रु २५०० नगद सहित प्रमाणपत्र प्राप्त गरेको छ । ज्योति जागृति आमा समुह तिनपाले द्धितिय स्थान हासील गर्दै रु २० हजार रुपैया र प्रमाणपत्र, तृतिय हुन सफल प्रगतिशिल आमा समुह बुटवल, बमघाटले रु १५ हजार रुपैया र प्रमाणपत्र हात पारेको छ । भने प्रोत्साहन पुरस्कार सयपत्री आमा समुह तिनाउ गाउपालिका पाल्पाले प्राप्त गरेको छ , सयपत्रीले रु १० हजार नगद र प्रमाणपत्र प्राप्त गरेको छ । सबैबिजेता समुहलाई र उपबिजेता समुहलाई रेडियो मुक्तीका अध्यक्ष दिपु पोखरेलले पुरस्कार र मायाको चिनो प्रदान गरीन ।

प्रतियोगितामा निर्णयकमण्डलको भुमिकामा गायक तथा सर्जक नारायण खनाल लेकाली, गायिका कल्पना कुसुम र यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायबाट आनिक राना रहेका थिए ।
कार्यक्रममा कलाकारहरु नारायण लेकाली, कल्पना कसुम, प्रचण्ड जिसी , दुर्गा नेपाल र पत्रकार तथा गायिका निरु गौतमले तिजका भाका गाएर मनजोरञ्जन दिएका थिए ।
प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका उप प्रमुख साबित्रादेबि अर्यालले कहाँमा जान्छौ महिलाका बगाल अधिकार खोजन, अधिकार खोजन केके सर्जाम चाहिन्छ यति कुरा बताइदेउ, एकुमा चाहिन्छ बलियो संगठन, दोसरी एकता
बरिलै दोसरी एकता भन्ने भाका गउदै प्रतियोगिता शुभारम्भ गरेकी थिइन ।

अर्यालले महिलाहरुको महान पर्ब तिजका अवसरमा भएका विभिन्न कार्यक्रमलाई सकारात्मक ढंगले लिनुपर्ने बताइन । अहिले समुहमा गरिने तिज कार्यक्रम लगाउने एउटै पोशाकले साथिसाथि र परिवारमा समानताको सन्देश दिएको बताउदै कसैले महंगो सारी लगाउने ,गहना बढी, घटी लगाउदा धनी र गरिब बिचको झल्को देखिने बताउदै एकैकिसिमका पोशाक र गहनाले समानताको सन्देश दिएको उल्लेख गरीन ।

इलाका प्रहरी कार्यलय बुटवलका प्रहरी नायब निरीक्षक दानबहाददुर थापाले तिज पर्ब आम महिलाहरुको पिडा बेदनालाई गीतका माध्यमबाट ब्यक्तm गर्ने पर्व भएको बताए । तिजका कार्यक्रमलाई मर्यादित गराउन सुरक्षका दृष्टिकोणबाट साथ सहयोग प्रदान गर्ने जनाउदै तिजपर्बको शुभकामना ब्यक्त गरे ।

रेडियो मुक्तीका अध्यक्ष दिपू पोखरेलले माहिलालाई सशक्तिकरण गर्दै खानेपानी, सरसफाई र स्वच्छता समावेशी सहभागिता सहितको लैङ्गिक समानता स्थापना गर्न सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।

कार्यक्रममा प्रतियोगिता सम्पन्न गर्न सहयोग पुर्याउनु भएका विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, सञ्चारकर्मी, सामाजिक अभियन्ता लगायत सर्ब साधारणको सहभागीता रहेको कार्यक्रमको सञ्चालन रेडियो मुक्तीका स्टेशन म्यानेजर कल्पना तिवारी र समाचार प्रमुख अस्मिना पाण्डेले गरेकी थिइन ।

प्रकाशित मिति : २३ भदौ २०८०, शनिबार  ११ : ३२ बजे

मधेशका मुख्यमन्त्रीको शपथग्रहण आज

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद

धादिङको चालिसेमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, ६८ घाइते

काठमाडौं । धादिङको धुनीवेशी नगरपालिका-६, चालिसेमा भएको भीषण सवारी दुर्घटनामा

गोवाको एक नाइट क्लबमा भीषण आगलागी हुँदा २५ जनाको मृत्यु

गोवा । भारतको गोवास्थित एक चर्चित नाइट क्लबमा भीषण आगलागी

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

काठमाडौं । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन