८ माघ २०८२, बिहिबार | January 22, 2026

प्रेस युनियन लुम्बिनी बैठक : कांग्रेसको १२ वटै जिल्लामा अव युनियनबाट प्रेस सल्लाहकार राखिने



प्युठान । कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको लुम्बिनी प्रदेश विस्तारित बैठक प्युठानको स्वर्गद्वारीमा बसेको छ । बैठककोे नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले उदघाटन गरेका छन्  ।

उदघाटन कार्यक्रमलाई सम्बाधेन गर्दै सभापति पुनले मिडियाले सत्यतथ्य र विश्वसनीय समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए । सभापति पुनले भ्रम सिर्जना गर्ने गरी तथ्यहिन समाचार सम्प्रेषण नगर्न आग्रह गर्दै जिम्मेवार पत्रकारिताले राजनीतिलाई सही ट्रयाकमा हिंड्न सहयोग पुग्ने बताए ।

उनले लुम्बिनीमा पार्टीले प्रेस युनियनसंग समन्वय गरेर अगाडि बढ्ने बताउँदै सबै जिल्लामा परिपत्र गरेर युनियनसंग समन्वय गरी अगाडि बढ्न निर्देशन दिने प्रतिबद्धता ब्यक्त गरे । उनले पार्टीलाई मिडियामैत्री बनाउँदै अगाडि बढ्न पर्यत्न गरिरहेको भन्दै प्रदेश र सबै जिल्लाहरुमा प्रेस सल्लाहकार राख्ने पनि जनाए ।

पार्टीबाट निर्वाचित जनप्रतिनिधिले पनि युनियनसंग समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिँदै पुनले पार्टीले यसमा भूमिका खेल्ने बताए ।

विस्तारित वैठकलाई नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य अमर भण्डारी, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसी, उपाध्यक्ष माधव अर्याल, नेपाल पत्रकार महासंघ लुम्बिनीका उपाध्यक्ष शुक्रऋषि चौलागाईं लगायतले सम्बोधन गर्दै पार्टी र युनियनबीच समन्वयकारी भूमिका हुनुपर्नेमा जोड दिएका थिए । वैठकमा युनियनका सबै जिल्ला अध्यक्षहरुले पार्टी र युनियनबीचको अन्तरसम्बन्ध, पार्टीसंगको अपेक्षा र विद्यमान ग्यापका विषयमा धारणा राखेका थिए ।

वैठकको अध्यक्षता गरेका नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश अध्यक्ष सुदीप गौतमले लुम्बिनीमा युनियनलाई पार्टीसंग जोड्दै समन्वय र सहकार्यका लागि काम गर्ने बताए ।

नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशको आयोजनामा प्युठानको स्वर्गद्वारीमा दुई दिने प्रदेश बिस्तारित बैठक आज सम्पन्न हुँदै छ । आजको बैठकमा लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चोधरीले सम्बोधन गरिरहेका छन् ।

प्रकाशित मिति : २३ भदौ २०८०, शनिबार  १ : ०० बजे

विशेष महाधिवेशनबाट निर्वाचित भएपछि शुक्रबार पहिलो पटक गगन थापा केन्द्रीय कार्यालय प्रवेश गर्दै

काठमाडौं । विशेष महाधिवेशनबाट नेपाली कामंग्रेसको सभापतिमा निर्वाचित भएपछि गगन

रवि लामिछाने विरुद्धका मुद्दा फिर्ता गर्ने निर्णय विरुद्धको रिटमा सुनुवाइ हुँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जारी मुद्दाबाट

वीरगञ्ज हुँदै ४८ अर्ब १० करोडको निर्यात

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रू

प्रतिनिधिसभा निर्वाचन काठमाडौं : सात लाख १० हजार ७०८ मतदाता, २५७ उम्मेदवार

काठमाडौं । सङ्घीय राजधानी रहेको जिल्ला काठमाडौंका १० वटै निर्वाचन

सुनचाँदीको भाउ थोरै घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही कमी आएको