२८ पुस २०८२, सोमबार | January 12, 2026

ठगी गर्ने तीन जना पक्राउ



काठमाडौं । वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

धादिङको ज्वालामुखी गाउँपालिका–१ घर भई हाल भक्तपुरको ठिमी नगरपालिका–३ बस्ने ४० वर्षीय राजकुमार लामिछाने, कैलालीको लम्कीचुहा नगरपालिका–५ घर भई हाल काठमाडौं महानगरपालिका–२६ मित्रनगर नयाँ बसपार्क बस्ने २३ वर्षीय चित्रबहादुर मगर तथा स्याङ्जाको वालिङ नगरपालिका–१२ घर भई हाल काठमाडौं महानगरपालिका–४ सुकेधारा बस्ने ४९ वर्षीय वीरबहादुर गुरुङलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

ठगी गरेको उजुरीका आधारमा तीनै जनालाई पक्राउ गरिएको हो । उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताए ।

प्रकाशित मिति : २५ भदौ २०८०, सोमबार  ११ : ०२ बजे

पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्न पूर्णबहादुर खड्काको अपील

काठमाडौं । विशेष महाधिवेशनबाट नेतृत्व चयनको प्रक्रिया अगाडि बढ्ने तयारी

‘निर्वाचनमा डिजिटल प्लेटफर्म नियन्त्रण गर्नु प्रमुख चुनौती’

मोरङ । निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले आसन्न निर्वाचनमा डिजिटल

माघ ४ गते राष्ट्रियसभा अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं । सरकारले राष्ट्रियसभाको अधिवेशन बोलाउने निर्णय गरेको छ ।

मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध

मुस्ताङ । यहाँका पाँच वटै स्थानीय तहमा शनिबार साँझदेखि नियमित

बैतडीमा जिप दुर्घटना : मृतकको सङ्ख्या चार पुग्यो

बैतडी । जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका–८ साडीघाटीमा जिप