१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

त्रिभुवन विमानस्थल भन्सार पार गरेर निस्केको भण्डै १ केजी सुनसहित तीन जना पक्राउ



काठमाडौं । भन्सार छलि लुकाइछिपाइ ल्याएको नौ सय ६० ग्राम तौलको अवैध सुन बरामद भएको घटनाको अनुसन्धानको क्रममा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रे खानीखोला गाउँपालिका–३ घर भई पनौती नगरपालिका–५ बस्ने २८ वर्षीय बाबुलाल दोङ, काभ्रे रोशी गाउँपालिका–३ घट्टेखोला बस्ने ३३ वर्षीय जगत लामा र काभ्रे महाभारत गाउँपालिका–३ सानो पोखरा घर भई हाल बनेपा बस्ने ३६ वर्षीय मिङमा दोर्जे स्यान्तान रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुँवेर कडायतले जानकारी दिए ।

उनका अनुसार हिमालयन एयरलाइन्सद्वारा दुबईबाट नेपाल आएका बाबुलालले भन्सार छलि अवैध सुन लुकाइछिपाइ ल्याएको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा काठमाडौँ महानगरपलिका–९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर सार्वजनिक सडक पेटीमा हिँड्दै गरेका बाबुलाललाई मलद्वारमा लुकाइछिपाइ राखेको अवस्थामा उक्त परिमाणको सुनसहित तत्काल फेला पारी पक्राउ गरेको थियो ।

यसैगरी उक्त विषयमा थप सोधुपछ एवं अनुसन्धानको क्रममा काभ्रे, रोशी गाउँपालिका–३ घट्टेखोला बस्ने ३३ वर्षीय जगत लामा, काभ्रे महाभारत गाउँपालिका–३ सानो पोखरा घर भई हाल बनेपा बस्ने ३६ वर्षीय मिङमा दोर्जे स्यान्तानलाई काठमाडौँ महानगरपालिका–१५ ढल्कुस्थित बिगमार्टको पार्किङबाट प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले प्रयोग गरेको बागमती प्रदेश ०१–२७ च ९९६० नम्बरको गाडी र बागमती प्रदेश ०२–०३० प ८५१७ नम्बरको मोटरसाइकल प्रहरीले बरामद गरी आवश्यक कारबाहीको लागि भन्सार कार्यालय गौचर पठाइएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कडायतले बताए ।

प्रकाशित मिति : २६ भदौ २०८०, मंगलबार  ८ : १२ बजे

बागमती प्रदेशसभाको बैठक बस्दै स् नीति कार्यक्रम प्रस्तुत हुँदै

बागमती । बागमती प्रदेशसभामा आज प्रदेश सरकारको आगामी आर्थिक वर्ष

जापानद्वारा बिपी राजमार्गको पिप्ले-बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

काभ्रेपलाञ्चोक । जापानको सहयोगमा बिपी राजमार्गको काभ्रेपलाञ्चोकको पिप्लेदेखि बर्खेखोला सडकखण्डको

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्ने तय भएको छ ।

ईयू आबद्ध देशका राजदूतसँग सामूहिक भेटवार्ता गर्दै प्रधानमन्त्री बालेन्द्र शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज नेपालस्थित युरोपेली

रौतहटमा हुरीले घर भत्किँदा महिलाको मृत्यु

रौतहट । रौतहटमा सोमबार साँझ आएको हुरीले भत्केको घरले थिचिँदा