३२ असार २०८३, बिहिबार | July 17, 2026

बेपत्ता भएको १६ दिन पछि मेजर पण्डित मृत फेलापरे



सुर्खेत । डोल्पाको दुनैस्थित नन्दबक्स ब्यारेकमा कार्यरत नेपाली सेनाका सेनानी विमल पण्डितको बेपत्ता भएको १६ दिन पछि शव फेला परेको छ । बेपत्ता मेजर पण्डितको मंगलबार भेरी नदीमा शव फेला परेको हो । मेजर पण्डित १६ दिनदेखि बेपत्ता थिए ।

त्रिपुरासुन्दरी नगरपालिका ५ अन्तर्गत पर्ने करबगाडको चिन्ढेबगर नजिक भेरीको किनारमा मेजर पण्डितको शव फेला परेको डोल्पा प्रहरीले जनाएको छ ।

भेरीमा माछा मार्न जाल खेल्दै जाने क्रममा त्रिपुरासुन्दरी ५ का स्थानीय परिमल भनिने शिवमल सार्कीले चिन्ढेबगर नदी किनारमा लास देखेपछि खदांगस्थित प्रहरी चौकीमा खबर गरेका थिए । दुईवटा ढुंगाको खोल्सामा शव देखेपछि उनले प्रहरीलाई खबर गरेको बताए ।

खदांग प्रहरीको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय डोल्पाको टोली शव रहेको स्थानमा पुगेर शवको पहिचान गरेको थियो । प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीको कमान्डमा उद्धार सामग्रीसहित शव रहेको स्थानमा पुगेको थियो । प्रहरीसँगै नेपाली सेनाका मेजर रवि शाहको टोली पनि शव फेला परेको चिन्ढेबगरमा पुगेको थियो ।

डीएसपी बुढाथोकीको टोली पुगे लगैत्त रामबाण गुल्मका गुल्मपती ध्रुव कार्कीको टोलीसमेत शव भेटिएको ठाउँमा पुगेपछि भेरीको किनारमा ढुंगाको खोचमा रहेको शव बाहिर निकालेर शवको पहिचान गरिएको थियो । मेजर पण्डितले लगाएका घडी, औंठीबाट शव बेपत्ता मेजरको भएको पुष्टि भएको घटनास्थलमा पुगेका प्रहरी नायव उपरिक्षक शिव बुढाथोकीले बताए ।

शव पहिचानका लागि मेजर पण्डितका दाई कुमार पण्डितसमेत घटनास्थलमा पुगेका थिए । काठमाडौंस्थित कागेश्वरी मनोहरा नगरपालिका डाँछी घरभई डोल्पामा कार्यरत ३८ वर्षीय मेजर पण्डित भदौ १० गते अपराह्न ४ बजेबाट बेपत्ता भएका थिए ।

प्रकाशित मिति : २७ भदौ २०८०, बुधबार  ७ : २१ बजे

सिन्धुपाल्चोकमा १३६ मिलीमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा (सूचीसहित)

काठमाडौँ । न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना

बुटवल बुधबार एक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गर्दै रोटरी ईन्टरनेशनल

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको

तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना