२२ भदौ २०८३, सोमबार | September 8, 2026

साल्ट ट्रेडिङले कृषि क्षेत्रमा पनि योगदान गर्न आवश्यक : उद्योगमन्त्री रिजाल



काठमाडौं । मुलुकमा सहजरूपमा आयोडिनयुक्त नुन उपलब्ध गराउने मुख्य उद्देश्यका साथ स्थापित साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड आफ्नो स्थापनाको ६० वर्ष पूरा गरी ६१ औँ वर्ष प्रवेश गरेको छ ।

साल्ट ट्रेडिङको वार्षिकोत्सव कार्यक्रममा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले दैनिक उपभोग्य वस्तु उपलब्ध गराइरहेको साल्ट ट्रेडिङ कर्पोरेशनले नेपाली उत्पादनको बजारीकरण र कृषि क्षेत्रमा पनि योगदान गर्नुपर्ने बताए ।

आन्तरिक उत्पादनले मात्र माग पूरा नहुने अवस्थामा उपभोग्य वस्तु आयात गरी उपभोक्ता हित संरक्षणमा टेवा पु¥याउन साल्ट ट्रेडिङले महत्त्वपूर्ण भूमिका खेलेको र सार्वजनिक–निजी अवधारणाको दरिलो उदाहरण बनेको मन्त्री रिजालको भनाइ छ । “आगामी दिनमा दैनिक उपभोग्य वस्तुको कारोबारका अतिरिक्त कृषि क्षेत्रमा पनि प्रत्यक्ष योगदान पु¥याउन सकेमा संस्थाको महत्त्व अझ बढ्दै जानेछ । कर्पोरेशनले भविष्यमा आफ्नो सेवालाई थप विस्तार गर्न आवश्यक छ”, उनले भने ।

भूकम्प, कोभिड–१९ जस्ता दैवी प्रकोप तथा महामारीको अवस्थामा समेत उपभोक्ताको घरदैलोमा उपभोग्य वस्तु उपलब्ध गराउन यस संस्थाले महत्त्वपूर्ण भूमिका खेलेको मन्त्री रिजालले स्मरण गरे ।

आगामी दिनमा सेवा क्षेत्र विस्तार गरी कारोबार पनि बढाउने लक्ष्य लिएको साल्ट ट्रेडिङले जनाएको छ । कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले साल्ट ट्रेडिङको वित्तीय अवस्था थप सुदृढ पार्न सेवाको विविधीकरण आवश्यक रहेको बताइन् । “साल्ट ट्रेडिङमार्फत बेचिने सरकारी अनुदानको रासायनिक मलले कृषि क्षेत्रको उत्पादनलाई प्रत्यक्ष सहयोग गरेको छ । उत्पादनका अरु क्षेत्रमा पनि साल्ट ट्रेडिङले काम गर्न सक्छ । काम गर्ने क्षेत्रको विविधीकरण सोअनुसारको व्यावसायिक योजना बनाउँछौँ”, उनले भनिन् ।

कर्पोरेशनले आयोडिनयुक्त नुनको आपूर्ति व्यवस्था मिलाउनुका अतिरिक्त रासायनिक मलको आयात तथा बिक्री, विभिन्न स्टल स्थापना गरी सहुलियत मूल्यमा नुन, चिनीलगायतका खाद्यवस्तु बिक्री वितरण गर्ने, ग्यास उद्योग सञ्चालन गर्ने, केमिकल तथा खादको उत्पादन, पैठारी र बिक्री वितरण गर्ने गराउनेजस्ता विविध कार्य गर्दै आइरहेको छ ।

सेवामूलक व्यावसायिक संस्थाको रूपमा रहेको कर्पोरेशनले व्यावसायिक सेवाका अतिरिक्त संस्थागत सामाजिक उत्तरदायित्वसमेत निभाइरहेको छ । यो कम्पनीले गत आर्थिक वर्ष २०७९/८० मा रु आठ अर्ब ७७ करोड र अघिल्लो आवमा रु सात अर्ब १७ करोड बराबरको वस्तु बिक्री गरेको जनाएको छ ।

प्रकाशित मिति : २७ भदौ २०८०, बुधबार  ६ : ०२ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार