९ चैत्र २०८२, सोमबार | March 23, 2026

शुन्य दरबन्दी सहित काज र करारकै भरमा संघीय सरकारको क्यान्सर अस्पताल सञ्चालन



खजुरा । बाँकेको खजुरामा सञ्चालनमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल संघीय सरकारले स्वामित्व लिएको ८ वर्ष पुग्दा पनि दरबन्दी स्वीकृत नहुँदा करार र काजका चिकित्सक तथा स्वास्थ्य कर्मचारीबाट संचालन हुँदै आएको छ ।

अस्पताल संचालनका लागि ४ सय ९ जना विभिन्न श्रेणीका चिकित्सक तथा कर्मचारी आवश्यक भएपनि सरकारले दरबन्दी स्वीकृत हुन नसक्दा सेवा प्रभावित भएको अस्पताल विकास समितिले जनाएको छ ।

अस्पताल विकास समितिले पत्रकार सम्मेलनको आयोजना गर्दै सिमित जनशक्तिबाट पनि गत आर्थिक वर्षमा ३० हजार क्यान्सर पीडितले उपचार सेवा पाएको जानकारी दिएको छ । पत्रकार सम्मेलनमा बोल्दै अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्लले गत आर्थिक वर्ष २०७९/८० मा २९ हजार २ सय ५५ जना क्यान्सरका विरामीले सेवा लिएको जानकारी दिए । लुम्बिनी, कर्णाली र सुुदुरपश्चिम प्रदेशलाई लक्षित गरि स्थापना गरिएको सो अस्पतालले पश्चिम नेपालका करिब ४० जिल्लाका बिरामीको उपचारमा सेवा दिइरहेको छ ।

अध्यक्ष मल्लका अनुसार आर्थिक वर्ष २०७८/७९ मा जनरलसहित २५ हजार १ सय ८१ जनाले उपचार सेवा लिएका थिए । क्यान्सर अस्पतालमा कार्यरत कर्मचारीको सहजताका लागि विरामी ओसार पसारमा सहज होस् भन्नका लागि भारतीय राजदूतावासले एक थान सुविधासम्पन्न ए श्रेणीको एम्बुलेन्स र एक थान स्टाफ बस हस्तान्तरण भई संचालनमा आएको अध्यक्ष मल्लले जानकारी दिए ।

उनले सो अवसरमा अस्पतालले पछिल्लो समय अस्पतालबाट प्रदान हुने सेवा सुविधालाई पmराकिलो बनाउँदै लगिएको बताए । उनले ७० वर्ष नाघेका जेष्ठ नागरिक बिरामीलाई अस्पतालबाट प्रदान हुने सेवा शुल्कको ५० प्रतिशत अस्पताल विकास समितिले व्यहोर्ने गरि छुट गरिएको, गरिब, असहाय तथा विपन्न बिरामीका लागि नि शुल्क उपचार तथा एवम् १० प्रतिशत बेड छुट्याइएको जानकारी दिए ।

अस्पताल विकास समितिको नेतृत्व गरेको एक वर्षको प्रगती कार्य विवरण सार्वजनिक गर्दै अध्यक्ष मल्लले अस्पतालमा जनशक्ति अभाव रहेको, राज्यले जनशक्तिको परिपुर्ति गरिदिन नसकेको र करार र काजमा रहेका जनशक्तिबाट सेवा प्रदान गरिएको बताए ।’ कर्मचारी अभावकाबिच पनि गुण्स्तरिय सेवा दिने कोशिस भईरहेको छ । अस्पतालमा क्यान्सर लगायत विरामीको संख्यामा उल्लेख्य बृद्धि भईरहेको छ ।ु उनले भने ।

बिरामीलाई रगतको आवश्यक पर्दा नेपालगञ्ज लगायत अन्य ठाउँमा रगत लिन जान नपरोस भन्ने उद्देश्यले क्यान्सर अस्पताल परिसरमै ब्लड बैँक स्थापना गरि संचालनमा ल्याइएको अध्यक्ष मल्लले जानकारी दिए । उनले खजुरा क्यान्सर अस्पतालले भोलीका दिनमा बाँकेसंगै लुम्बिनी प्रदेशलाई नै चिनाउने विश्वास ब्यक्त गरे ।

उनले अस्पताल बिकास समितिमा स्थानीयतहको जस्तो राजनीति गर्न नआएका उल्लेख गर्दै स्वास्थ्य सुधार गर्न आफुहरुको नियुक्ति भएको बताए । अस्पतालले पश्चिम नेपालका करिब ४० जिल्लाका बिरामीहरुको फोक्सो, स्तन, रक्तनली, नाक–कान–घांटी, पाठेघर, हड्डी, दाँत तथा मुख, मुत्रनली तथा पिसाबथैली लगायतका क्यान्सरको उपचारमा महत्वपूर्ण भूमिका खेलिरहेको उनले दाबी गरे ।

अस्पताललाई आवश्यक पर्ने कर्मचारी दरबन्दी स्वीकृतका लागि २०७२ सालदेखि नै लगातार अस्पताल प्रशासनले मन्त्रालयमा माग गर्दै आएपनि मन्त्रालयबाट सुनुवाई हुन सकेको छैन । दरबन्दी स्वीकृतिकै लागि अहिले पनि अस्पतालका मेसु डा. निरज भट्टराई मन्त्रालय धाइरहेका छन् । ‘यसपटक दरबन्दी स्वीकृतिको आशा पलाएको छ, सकेसम्म पत्रलिएरै फर्कन्छु ।’ काठमाडौं रहेका अस्पतालका मेसु डा. भट्टराईले खबरकुरासँग भने ।

स्थानीयले मुट्ठीदान गरेर निर्माण गरेको अस्पताल २०७२ सालमा सरकारलाई हस्तान्तरण गरिएको थियो । हिन्दुधर्मका धर्मगुरु सन्त दीनदयालजी महाराजको संकल्पमा महायज्ञबाट संकलित रकमबाट थालनी भएको अस्पतालमा पूर्व विकास समितिले संस्थापकहरुलाई दिने सहुलियतको निर्णय भने कार्यान्वयन हुन सकेको छैन ।

प्रकाशित मिति : २७ भदौ २०८०, बुधबार  ९ : ५० बजे

पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

पोखरा । आन्तरिक पर्यटन प्रवद्र्धनको मुख्य उद्देश्यले पूर्वी नेपालको प्रमुख

आज विश्व जल तथा मौसम दिवस मनाइँदै

काठमाडौं । ‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने नाराका साथ नेपालमा

नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

काठमाडौं । विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवं गैर

सूर्यविनायक-धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल