२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

महाकाली नदीमा हाम फालेर एक जना बेपत्ता



दार्चुला। दार्चुलास्थित महाकाली नदीमा हाम फालेर एक जना बेपत्ता भएका छन्। जिल्ला सदरमुकाम खलंगास्थित नेपाल(भारत जोड्ने झोलुङ्गे पुलबाट बिहीबार बिहान महाकाली नदीमा हाम फालेर एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ।

दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) शिवबहादुर सिंहका अनुसार महाकाली नगरपालिका(१ को लास्कु बस्ने ४५ वर्षीय ज्ञानीराम भुल महाकाली नदीमा बेपत्ता भएका हुन्। बिहीबार बिहान भारत जान्छु भन्दै झोलुङ्गे पुलबाट पारीपट्टि पुगेका भुलले फर्किएर पुलको बीच भागबाट नदीमा हाम फालेको खबर प्राप्त भएको प्रहरीले जनाएको छ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बेपत्ता भुलको खोजी कार्य गरिरहेको छ। सुरक्षा स्रोतकाअनुसार खलंगाबाट भारतीय बजार धारचुला जाँदै गरेका भुलसँग भारतीय सीमा सुरक्षा बल एसएसबीले पहिचान खुल्ने कागजपत्र मागेका थिए तर परिचय खुल्ने कागजपत्र साथमा नभएपछि एसएसबीले नेपालतर्फ फर्काएको थियो। एसएसबीले फर्काएपछि भुलले महाकालीमा हाम फालेका थिए।

 

प्रकाशित मिति : २८ भदौ २०८०, बिहिबार  ८ : १५ बजे

दोस्रो सौभाग्य कपमा विजयी हुदै सम्पूर्ण क्लब क्वाटरफाईनलमा प्रवेश

बुटवल । सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२

प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञ पदमा

भाडा समायोजनका लागि यातायात व्यवसायीको माग, समायोजन नभए स्वघोषणा गर्ने चेतावनी

काठमाडौँ । हरेक पटक पेट्रोलियम पदार्थको मूल्यबृद्धि हुँदा भाडा समायोजनको

सभामुख अर्यालको शपथ आइतबार

काठमाडौं। नवनियुक्त सभामुख डोलप्रसाद अर्यालको पद तथा गोपनीयताको शपथग्रहण आइतबार

सरकारले तीव्र रफ्तारमा काम गरिरहेको छ : अर्थमन्त्री वाग्ले

वीरगञ्ज । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वर्तमान सरकारले सुधारको काम